Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

एनसेलले रेडक्रसको स्टिकर टाँसेर गरेकाे भन्सार छलिमा संचारमन्त्रीको संलग्नता रहेको आंशका

काठमाडौं, महाभूकम्पको फाइदा उठाउँदै ७ करोड ५७ लाखको व्यवसायिक सामान भन्सार छल्ने नियतले चिनियाँ रेडक्रसको स्टिकर लगाएर ल्याएको एनसेल सामान प्रकरणमा सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको संलग्नता हुनसक्ने आंशका गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको उच्च स्रोतले दिएको जानकारी अनुसार रिजालले भूकम्प पीडितका लागि ल्याइएको सामाग्री भन्दै रेडक्रसको स्टिकर लगाएर ल्याउन एनसेललाई सुझाव दिएपछि एनसेलको सामान नेपाल भित्रीएको बताए । गत शनिबार एनसेलको उक्त सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले व्यवसायिक प्रयोजनमा ल्याइदा कसरी रेडक्रसको स्टिकर लाग्यो भनेर बुझ्दा त्यसमा संचारमन्त्री रिजालको संलग्नता रहेको खुल्न आएकोे हो । व्यवसायीक सामानलाई भन्सार छल्ने नियतले भूकम्प पीडितको सहयोगमा भन्दै ल्याएपछि त्यसले भन्सार विभाग तथा सरकारका मन्त्रीहरुबीच पनि विवाद सृजना भएको छ । एनसेलको सामान अहिले भन्सार कार्यालयमै रोकिदिएको छ । सरकारले वैशाख १२ गते गएको महाभूकम्पमा सहयोग गर्न ल्याइने सबै समाग्रीमा भन्सार छुट हुने बताएपछि एनसेलले रेडक्रसको स्टिकर लगाएर सञ्चारमन्त्रीको मिलेमतोमा सामान भित्र्याएको बुझिएको छ । यस विषयमा सञ्चारमन्त्रीलाई बुझन खोज्दा मन्त्री रिजालले फोन उठाएनन् । भन्सार कार्यालयमा थन्किएको एनसेलको सामानबारे सञ्चारमन्त्री रिजालका स्वकिय सचिव जितेन्द्र ठकुरीले पटक–पटक चाँसो गरी त्रिभुवन विमानस्थलका भन्सार प्रमुख भूपाल बराल तथा उनी मातहतका अधिकृतहरुलाई सामान छाड्न दबाब दिँदै आएको भन्सार कार्यालय स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । उता एनसेलले भने सामान निर्यातक चिनियाँ कम्पनी जेडटीइले सामान छिटो पठाउन रेडक्रसको लोगो लगाई दिएको तर यसबारे आफुलाई थाहा नभएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एनसेलले आफुहरुलाई समान आएपछि मात्र थाहा भएको बतएको थियो । एनसेलले आफ्नो विज्ञप्तिमा उक्त सामान सूचना ताथ संचार मन्त्रालयबाट संचार उपकरण आयात गर्ने अनुमति बमोजिम नै मगाईएको बताएको छ । आफ्नो विज्ञप्तिमा एनसेलले भनेको छ– ‘दूरसंचार प्राधिकरणको २०७२ वैशाख १७ गते बिहिबारको अनुमति तथा सोहि दिनकै सूचना तथा संचार मन्त्रालयाबाट संचार उपकरण आयात गर्ने अनुमति बमोजिम बिहिबार नै प्रतितपत्र खोलेको ।’ एनसेलले भन्सार छल्न खोजेको तथा त्यसमा सञ्चारमन्त्रीको पनि संलग्नता रहेको बाहिर आएसँगै एनसेलले घटनालाई अन्यत्र मोडन् र आफ्नो धुमिल छविलाई परोपकारी देखाउन भूकम्प पीडितलाई सहयोग गर्न सरकारको खातामा १ अर्ब १० करोड दिने प्रस्ताव राखेको छ । एनसेलको सो प्रस्तावसँगै मन्त्रीहरुबीच कुरा बाझिएको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकमा एनसेलले सकेसम्म भन्सार छली गरी सामान भित्राउने तथा पक्राउ परेमा राहत रकम दिने भन्ने कुराले सरकारलाई नै किन्न खोजेको भन्दै एनसेलको विरोध गरेको एक मन्त्रीले मन्त्रीपरिषद बैठक पछि खबरडबलीलाई बताए । एनसेलले सामान आयातमा भन्सार छल्न खोजेको विषय सार्वजनिक भएसँगै गत शनिबारदेखि भन्सार कार्यालयमा थन्किएको सामान लिन एनसेलले आफ्ना कुनै पनि प्रतिनिधि पठाएको छैन् । तर उसले एसबीच सो सामानको भन्सार १ करोड ११ लाख ६८ हजार ४ सय ६२ रुपैया भने बुझाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE