Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

सम्पादक युवराज घिमिरेलाई भारतीय दुतावासको धम्की

काठमडौं, वरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय सरकारको विरुद्ध बारम्बार समाचार प्रकाशित गरेको भन्दै भारतीय दुतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले धम्क्याएका छन् । महाभूकम्पको राष्ट्रिय विपतमा पनि अहोरात्र समाचार लेखेर जनतालाई सू–सूचित गर्ने पत्रकारलाई दुतावासले समाचार लेखेकै आधारमा धम्क्याएको विषयमा नेपाल पत्रकार महासंघले कुटनीतिक मर्यादा विपरित ठहर गर्दै गम्भिर आपत्ती प्रकट गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव उजिर मगरले भारतीय दुतावासको सो अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित नेपाली मिडियामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । घिमिरेद्धारा सम्पादित अन्नपूर्ण पोष्ट दैनिकले नेपालमा भारतीय हैकम र हस्तक्षेपका विरुद्ध लागातार समाचार प्रकाशित गरी रहेको थियो । भारतीय दुतावासका प्रवक्ता समेत रहेका अभय कुमारले घिमिरेलाई फोन गरेर ‘पीत पत्रकारीता’ गरेको आरोप लगाउँदै आइन्दा भारत विरोधी समाचार नलेख्न धम्क्याएका थिए । यस अघि पनि दुतावासले विभिन्न घटनाहरुमा नेपाली पत्रकार तथा नेपाली नेताहरुलाई धम्क्याउँदै आई रहेको थियो । तर अहिले सम्पादक घिमिरेलाई धम्क्याइनुले नेपालमा भारतीय हस्तक्षेप कति गहिरो गरी जरो गाडेर बसेको छ भन्ने स्पष्ट हुन्छ । घिमिरे नेपालमा अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हुन भने भारतबाट प्रकाशित हुने ‘दि इन्डियन एक्सप्रेस’का नेपाल संवाददाता पनि हुन् । उनी नेपालका अनुभवि पत्रकारहरु मध्ये एक हुन् । घिमिरे बीबीसी तथा कान्तिपुर लगायत कयौं सञ्चारगृहमा रही काम गरी सकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending