Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

राहतमा पक्षपात हुन दिइने छैन: प्रधानमन्त्री कोइराला

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुलाई वितरण गरिने राहतमा पक्षपात हुन नदिने बताएका छन् । उनले सो कुरा शनिवार बिहान उनलाई सुझाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबरा सहितको प्रतिनिधि मण्डललाई बताएका हुन् । प्रधानमन्त्री कोइरालाले सो अवसरमा कसैले पनि कल्पना सम्म नगरेको विपत्ति आएको बताउदै यसको व्यवस्थापनमा सबैले एकताबद्ध भएर जुट्न पर्ने बताए । उनले जस्तो सुकै समस्यालाई पनि आपसी सहकार्य,सहमति, एकता र मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने आफ्नो विश्वास दोहो¥याउदै यो विपत्तिलाई पनि मिलेर पार लगाउन सकिने बताए । प्रधानमन्त्री कोइरालाले प्रजातान्त्रिक प्रणाली संस्थागत भैसकेको स्थानमा हरेक समस्याको समाधान गर्ने स्थानीय र राष्ट्रिय संस्थाहरुले विकसित हुने वातावरण पाउँने उल्लेख गर्दै नेपालमा भने प्रजातान्त्रिक पद्धतिलाई विकसित हुन नदिएकोले यस्ता सस्थाहरु विकसित हुन नपाएको उल्लेख गरे । उनले सीमित स्रोत  र साधनका बाबजूद पनि हाम्रा  निकायहरुले गरेका कामको सराहना पनि गरे । उद्धारमा विदेशी मित्र राष्ट्र र संस्थाहरुले गरेको सहयोगको प्रशंसा गर्दै उहाँले अब राहत ,पुनस्थापना र पुननिर्माणको काममा सबैले सघाउनु पर्ने बताए । राप्रपाले भूकम्प पीडितहरुको तात्कालिन,अल्पकालीन र दीर्घकालीन कार्यक्रम तर्जुमा ,कार्यान्वयन र अनुगमन गर्न केन्द्रमा प्रधानमन्त्रीको संयोजकत्वमा,जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा र नगरपालिकामा कार्यकारी अधिकृत र गाउँ विकास समिति तहमा गाविस सचिवको संयोजकत्वमा सर्वदलीय स्थायी संयन्त्र बनाउन सुझाव दिएको छ । राप्रपाको सुझावमा क्षतिग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको सहयोगमा अन्तपात र सरसामान निकाल्न, बस्न नहुने हरेक घरका लागि पाल उपलब्ध गराउन, पीडित परिवारलाई बर्षा अगावै २ बण्डल जस्तापाता र २५ हजार रुपैया उपलब्ध गराउन, आश्रयहीनका लागि सरकारी आश्रय खोल्न, घर मर्मतका लागि १ लाख उपलब्ध गराउन, स्थायी बसोबासका लागि कि एकमुष्ट ५लाख अनुदान, कि २ लाख अनुदान र १० लाखसम्मको निब्याजी ऋण, अभिभावक गुमाएका अनाथ बालबालिकाका लागि स्नातक तहसम्म निशुल्क पढ्ने व्यवस्था, अस्पताल र विद्यालयको सञ्चालन र पुननिर्माण,दाताहरुबाट प्राप्त सहयोग सरकारी संयन्त्रमार्फत एकद्धार प्रणालीबाट वितरण गर्न उचित हुने कुरा उल्लेख छ । प्रधानमन्त्री कोइरालाले राहतका हकमा सरकारले तत्काल गर्न सक्ने कुराहरु शुक्रबार आफूले व्यवस्थापिका संसदमा गरेको संबोधनमा उल्लेख भैसकेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy