Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सप्तरीमा तीन दिनमा दश जनाले ज्यान गुमाए

सप्तरी, विगत तीन दिनको अवधिमा सप्तरी जिल्लाका विभिन्न घटनामा परी १० जनाको मृत्यु भएको छ । पछिल्लो पटक आइतबारमात्रै सप्तरीको शिसुवा बेल्ही गाविसकी एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् भने गएराति मोटसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । आत्महत्या गर्नेमा सप्तरीको शिसुवा बेल्ही गाविस–५ का सञ्जय साहकी १४ वर्षीया छोरी आरती रहेको प्रहरीले जनाएको छ । आरतीले घरभित्र सलको पासो लगाएर आत्महत्या गरेको र कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको कल्याणपुर सडकखण्डमा रोकिराखेको ना ४ त ८८०३ नम्बरको ट्र्याक्टरमा पूर्वबाट आएको को ३ प २८० नम्बरको मोटरसाइकल ठोक्किँदा चालक उदयपुर–४ हडिया निवासी २१ वर्षीय भगवतीप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको छ । चौधरीले आफैँले मोटरसाइकल चलाएर घर जाने क्रममा मोटसाइकल ट्र्याक्टरमा ठोक्किएको थियो । यस्तै हिजो साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा दुई मोटरसाइकल एकापसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी नगरपालिका–१ का १८ वर्षीय सरत मगर, बारा गडहल–५ का २१ वर्षीय बैजुप्रसाद फौज्दार, दोलखा भीमेश्वर नगरपालिका–१० का २२ वर्षीया निमा तामाङ र काठमाडौँ महानगरपालिका–५ बस्ने ३५ वर्षीय नरेशकुमार मानन्धर रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा६६प १०९१ मोटसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १८ प ८५५७ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । यस्तै शुक्रबार शम्भुनाथ सडकखण्डमै जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ज ६ प ७१०७ नंको मोटरसाइकलमा पछाडि सवार जनकपुर उपमहानगरपालिका–८ का रामकुमार सिंहकी ४५ वर्षीया श्रीमती मालतीदेवीको मोटरसाइकलबाट लडेर मृत्यु भएको थियो । त्यस्तै सप्तरीको दुई ठाउँको पोखरीमा शुक्रबार दिउँसो डुबेर दुई जना बालकको मृत्यु भएको थियो भने एक महिलाको बेहोस भएर मृत्यु भएको थियो । मृत्यु हुनेमा सप्तरीको बभन्नगामाकट्टी गाविस–२ विजय दासका १० वर्षीय छोरा मनिषकुमार दासको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको छ भने सोही गाविसकी ५२ वर्षीया उर्मिलादेवी दासको डुबेको शवलाई हेर्दाहेर्दै अचानक बेहोस भएर मृत्यु भएको थियो । यसैगरी जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठीमा पनि पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी–२ निवासी श्यामनारायण साहका सात वर्षीय छोरा आशिषकुमार साह रहेको प्रहरीले जनाएको छ । साह पोखरीमा नुहाउने क्रममा डुबेका थिए
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy