Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

को हुन पण्डित श्रीनिवास ? कसले किन हान्यो उनलाई गोली ?

\"\"काठमाडौं । पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए । सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । आजको नयाँपत्रिका दैनिकमा खबर छ–विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको संयुक्त टोली परिचालन घटनाको अनुसन्धानका लागि प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, धरानस्थित सङ्घीय प्रहरी र विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले परिचालन गरिएको एसपी बिसीले बताए । ‘घटनामा संलग्न व्यक्ति र कारण पत्ता लगाउन परिचालित संयुक्त टोलीले प्राविधिक अनुसन्धान जारी राखेको छ । केही दिनमै रहस्य बाहिर आउनेछ,’ उनले भने । उनका अनुसार प्रदेश १ प्रहरीले पण्डित श्रीनिवासमाथि गोली प्रहार घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ । तीन गोली हानेः पण्डित विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिरहेका पण्डित श्रीनिवास होसमा आएका छन् । प्रहरीले उनीसँग बयान लिन सुरु गरेको छ । उनले प्रहरीलाई दिएको बयानमा आफूमाथि तीन गोली प्रहार भएको बताएका छन् । ‘मंगोलियन अनुहारका दुईजनाले तीन गोली हाने । एउटा गोली लागेपछि मोटरसाइकल चढेर भागे,’ श्रीनिवासको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो । २५ चैत बिहान २ बजे शौचालय जाने वेला गोली प्रहार गरिएको थियो । घटनास्थलबाट प्रहरीले सेतो कागजमा कम्प्युटर टाइप गरेको एउटा सानो पर्चा मात्रै भेटेको जनाएको छ । त्यसमा उनीमाथि धार्मिक आक्षेप लगाइएको छ । दिनहुँ प्रदर्शन पण्डित श्रीनिवासमाथि गोली प्रहार भएपछि उनका सर्मथकले दिनहुँ प्रदर्शन गरिरहेका छन् । घटनामा संलग्न व्यक्तिलाई तत्काल प्रक्राउ गरेर कारबाही गर्न उनीहरूले माग गर्दै आएका छन् । यस्तो छ श्रीनिवासको विवादित पृष्ठभूमि सुनसरीको चक्रघटीमा स्थायी आश्रम निर्माण गरेर बस्दै आएका पण्डित श्रीनिवासले ०७२ साउन दोस्रो साता इटहरीमा आन्दोलन चर्काएका थिए । उनकै अगुवाइमा संविधानमा ‘नेपाल हिन्दुराष्ट्र’ राख्न माग गर्दै आन्दोलन भएको थियो । चक्काजाममा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो । चार दिन थुनामा राखिएका उनी आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेपछि छुटेका थिए । वैदिक सनातन हिन्दुराष्ट्र नेपाललगायतका विभिन्न संस्थासँग जोडिएर श्रीनिवासले हिन्दु जागरण अभियान चलाउँदै आएका छन् । यही क्रममा सिरहाको लहानमा सात दिन आमरण अनशन पनि बसेका थिए । त्यस्तै, ०७१ मा हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा धर्ना पनि बसेका थिए । गत २९ फागुनमा पूर्वराजा ज्ञानेन्द्रसमेत उनलाई भेट्न चक्रघटीस्थित आश्रममा पुगेका थिए । दुवैजनाबीच एक घन्टा कुराकानी भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending