Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

सरकारी अस्पतालबारे महालेखा प्रतिवेदनः करोडाैं मूल्यमा सामान खरिद तर बर्षाैंदेखि प्रयोगबिहिन

\"\"काठमाडाैं । जनशक्ति अभावमा सरकारी अस्पतालहरूमा महँगा उपकरणहरू बर्षाैैंखेअि प्रयोगविहिन हुन थालेको छ । दक्ष जनशक्ति अभावमा महँगाे मूल्यमा खरिद गरिएको उपकरण त्यसै थन्किएको एउटा सरकारी प्रतिवेदनले उल्लेख गरेको छ । देशका मुख्य सरकारी अस्पतालहरूमा भएका उपकरण प्रयोगमा नआउँदा महँगो शुल्क तिरेर निजी अस्पतालको सेवा लिन बाध्य भएको सर्वसाधारणहरू बताउँछन् ।

एक्स रे, सिटी स्क्यान, अल्ट्रासाउण्ड जस्ता धेरै मूल्य पर्ने उपकरणहरू अस्पतालहरूले किने पनि चलाउन जान्ने चिकित्सक र मर्मत गर्ने प्राविधिक उपलब्ध गराउन नसकेकाले ती खेर गइरहेको बताइएको छ । नाक, कान, घाँटी जाँच गर्ने मेची अञ्चल अस्पतालको उपकरण इएनटी माइक्रोस्कोप विगत पाँच वर्षदेखि प्रयोगमा आएको छैन । त्यसबाहेकका कतिपय उपकरण पनि प्राविधिक जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ । उक्त अस्पतालका मेडिकल रेकर्ड अधिकृत मनोज पोखरेलले भने \'इएनटी सर्जन सरूवा भएर जानुभएको चार-पाँच वर्ष भइसक्यो । त्यसपछि उक्त पदपूर्ति भएन र सामानहरू प्रयोगविहीन भएका छन् । मेची अस्पताल जस्तै देशका ठूला सरकारी अस्पतालहरूको अवस्था पनि उस्तै रहेको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । करोडौँ मूल्य पर्ने त्यस्ता उपकरण कि त डाक्टरको अभावमा प्रयोग गरिएका छैनन्, कि त सामान्य मर्मत हुन नसक्दा सेवा प्रभावित भएको देखिन्छ । चार शय्याको सघन उपचार कक्ष आइसीयु बनाइए पनि शुक्रराज ट्रपिकल अस्पतालले सञ्चालनमा ल्याउन सकेको छैन । उक्त अस्पतालकी प्रमुख डा. मनिषा रावल भन्छिन्, \'आइसीयु भएको सामान्य वार्ड जस्तो होइन। त्यसका लागि विशेष दक्ष जनशक्ति चाहिन्छ। त्यसको अभावमा हामीले आइसीयु सञ्चालन गर्न सकेका छैनौँ । तर हामी अहिले सरकारी दरबन्दी कुरेर बस्दैनौँ । अन्य अस्पतालसँग समन्वय गरेर एक महिनाभित्र सञ्चालन गर्ने प्रक्रियामा हामी छौँ ।\' स्वास्थ्य मन्त्रालयका अधिकारीहरू माग बमोजिमको दरबन्दी पूर्ति हुन नसकेको स्वीकार्छन् । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, \'अहिले हामीले मशिन मर्मतमा विशेष ध्यान दिएका छौँ । बायोमेडिकल प्राविधिकहरू जिल्लामा खटाइरहेका छौँ । प्रयोगमा नल्याइएका उपकरणहरूबारे म्यापिङ गर्न मन्त्रालयमा छलफल चलिरहेको छ । हामीले कार्यक्रमहरू बनाइरहेका छौँ ।\' निजी क्षेत्रको तुलनामा सरकारी अस्पतालमा दिइने सेवा सस्तो हुने भएकोले कतिपय स्थानमा निजी क्षेत्रसँग मिलेर सरकारी उपकरणहरू प्रयोग नगरेकोले बिरामीहरू समस्यामा परेका खबरतर्फ पनि ध्यानाकर्षण भएको पनि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।   उपकरणहरू सञ्चालनमा नआउँदा सरकारले एकातिर करोडौँको घाटा बेहोर्नुपरेको छ भने अर्कोतिर सर्वसाधारणहरू महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भइरहेका छन् । महालेखाको प्रतिवेदनबाट अन्य समाचारहरू
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy