Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भारतीय दादागिरीः छुटपूर्जी बिना नेपाली भुमिमा गाडी सञ्चालन

वीरगञ्ज । छुटपूर्जी काट्ने व्यवस्था नहँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ छुटपूर्जी काट्ने व्यवस्था छोटी भन्सार कार्यालयमा नहुँदा राजश्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको छ । प्रहरीले भारतीय नम्बर प्लेटका गाडी चढ्नेलाई कारबाही गर्न सकेको छैन । स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, प्रदेश सभासद् र प्रतिनिधिसभाका सदस्यले समेत भारतीय नम्बरका गाडी बढी प्रयोग गर्ने गरेका छन् । छोटी भन्सार कार्यालयमा छुट पूर्जीको व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल प्रवेश गर्न समस्या हुने गरेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताए । उनले भने, छुट पूर्जी काट्ने अधिकार छोटी भन्सार कार्यालयलाई नदिँदा नेपाल आउने गाडीधनीले सास्ती भोग्नु परेको हो ।’ भारतको सिकटा, भेलाई, बेतिया, इनर्वालगायत नाका भएर दैनिक सयौँ भारतीय गाडी दैनिक रुपमा बिना छुट पूर्जी नेपाल भित्रिने गरेको छ । भारतीय नम्बर प्लेटका कार र जिप प्रयोग गर्नेले दैनिक रु ४५२ भन्सार शूल्क तिर्नु पर्ने व्यवस्था छ । छोटी भन्सार कार्यालयमा छुट पूर्जी काट्ने व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल भित्रिनाले लाखौँ राजश्व गुम्ने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले सरकारले जहाँ जहाँ छुट पूर्जी काट्ने अधिकार दिएको छ त्यहाँबाट मात्र काट्न सकिने बताए । छोटी भन्सार कार्यालयलाई छुट पूर्जी काट्ने अधिकार नदिँदा सवारी धनीलाई २५ किलोमिटरको बाटो तय गरी छुट पूर्जीका लागि वीरगञ्ज भन्सारमा आउनु पर्ने बाध्यता रहेकाले ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयलाई सो अधिकार दिनु पर्ने माग सवारी धनीको रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending