Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

 

मोरङ । सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्ने भएका छन् । स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिएका हुन् । मंगलबार विद्यालयमा भएको अभिभावक शिक्षकको भेलामा श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा, झोला, शैक्षिक सामग्रीलगायत सम्पूर्ण खर्च ब्योहोर्ने बताए । पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीलाई आफूले सहयोग गरेको श्रेष्ठले बताए । हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम, श्रेष्ठले भन्नुभयो, पढ्ने रहर हुँदा पनि आर्थिक अभाव हुँदा समस्या थियो । आज त्यही समस्या सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरेर छात्रवृत्ति उपलब्ध गराएको श्रेष्ठले बताए । आफूहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गरेको विद्यालयका प्रअ मोहन चापागाईले बताए । चापागाईका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीमा गोपाल थापा, स्नेहा श्रेष्ठ, भूमिका खतिवडा, ओसिन मारा पाँचे, अंकित श्रेष्ठ, सुमित लिम्बू, पूर्णमाया खड्का, सजना लिम्बू, सुविना लिम्बू र नैनकला अधिकारी छन् । उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताए । श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले भन्नुभयो, “अब आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हट्यो । उनलाई धन्यवाद दिन चाहन्छाैं ।” चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गरेका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending