Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

'तीन दिनको कार्यक्रमको लागि रातारात निर्मित चार करोडको हल भत्काइने'

कपिलबस्तु । लुम्बिनी विकासको गुरूयोजना विपरीत तीन दिनको कार्यक्रमको लागि चार करोड रूपैयाँ खर्च गरेर रातारात बनाइएको सभाहल उ थान्त अडिटोरियम हलको निर्माण प्रक्रिया शुरू भएसँगै भत्काइने भएको छ । अहिले अस्थायी रूपमा जुन स्थानमा सभाहल बनाइएको छ त्यो गुरूयोजनाले उ थान्त हल निर्माणका लागि छुट्ट्याएको स्थान हो ।

विकास कोषका एकजना अधिकारीका अनुसार उ थान्त हल निर्माणका लागि सहयोग जुटाउने प्रकिया शुरू भएको छ । त्यो हलका लागि रकमको जोहो हुने बित्तिकै अहिलेको अस्थायी हल भत्काइनेछ । आउँदो हप्ता लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीका लागि भन्दै त्यहाँ बनाइएको सभाहल सम्भवतः सरकारी निकायबीच समन्वय नहुँदाको एउटा नतिजा भएको लुम्बिनी विकास कोषका एकजना सदस्य बताउँछन् । हुन पनि सो अस्थायी सभाहलका लागि चार करोड रूपैयाँ यस्तो समयमा खर्च गरीएको छ ठिक यही समयमै अस्थायी हल नजिकै अर्को स्थायी सभाहल बनाउने भनि करिब २७ करोड रूपैयाँमा ठेकेदारलाई ठेक्का दिइएको छ । नाम उल्लेख नगर्ने शर्तमा कुरा गर्दै ती सदस्यले भने, \"लुम्बिनीमा स्थायी सभाहल बन्दैछ भन्ने जानकारी प्रधानमन्त्री केपी ओलीलाई दिइएको भए सम्भवतः यो अस्थायी सभाहल बन्ने नै थिएन ।\" तर लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले त्यो स्थानबाहेक लुम्बिनीको अन्य कुनै स्थानमा उक्त अस्थायी सभाहल बनाएको भए भत्काउनपर्ने अवस्था नआउने बताए । उनी सरकारबाट सोही स्थानमै हल बनाउने निर्देशन आएपछि त्यही स्थानमै हल बनाइएको बताउँछन् । भट्टराईले उ थान्त हल निर्माणको लागि भारत सरकारसँग कुरा भइरहेको पनि बताए । अस्थायी हलको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै भनेका छन्, \"यो हल तीन दिनका लागि होइन अर्को पक्की हल नबनेसम्मका लागि हो र अर्को पक्की हल बन्न तीन वर्ष लाग्छ ।\" लुम्बिनी विकासबारेका जानकारहरूका अनुसार लुम्बिनी गुरूयोजना अनुसार उ थान्त अडिटोरियम हल निर्माणका लागि सहयोग जुटे तीन महिनामा पनि अस्थायी हल भत्कन सक्छ । उनीहरू भन्छन्, \"नत्र मन्त्री अधिकारीले भने जस्तै तीन वर्ष त के अरु कैयौँ वर्ष त्यत्तिकै पनि रहन सक्छ ।\" र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending