Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अस्पतालको बेडबाटै गृहमन्त्री बादलले दिए विप्लवलाई यस्तो चेतावनी

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् । अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था बुझ्न नेपाल–कोरिया मैत्री अस्पतालमा पुगेका गृहमन्त्री बादलले यस्तो चेतावनी दिएका हुन् । ‘अब जनसत्ता व्युँताउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम ढंगले नियन्त्रण गर्छ,’ उनले भने, ‘कुनै पनि आतंकको नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ ।’ थापाले घुमाउरो भाषामा विप्लप समूहलाई आतंकारी गरी गतिविधि नगर्न समेत चेतावनी दिएका छन् । उनले स्थायी सरकार गठन भएको स्मरण गराउँदै केही तत्वहरु अहिले कम्युनिष्ट एकता भाँड्न लागेको बताए । थापाले कम्युनिस्ट एकता भाँड्न विभिन्न कोणबाट आतंक फैल्याउने काम भइरहेको भन्दै मेयरमाथिको आक्रमण पनि त्यसैको एक कारण भएको बताए । मेयर श्रेष्ठलाई भेटेपछि संक्षिप्त कुराकानी गर्दै उनले नेकपा एमाले र माओवादीबीचको एकता प्रक्रिया सबै टुंगिएको प्रष्ट पारे । अब एकताको मिति घोषणा हुन मात्र बाँकी रहेको थापाले बताए । ‘हामी वैशाख ९ मै पार्टी एकता गर्न चाहन्थ्यौँ,’ उनले भने, ‘केही सामान्य कारणले त्यो हुन सकेन, अब छिट्टै दुई पार्टी एक हुन्छन् । यो हाम्रो मात्र होइन जनताको पनि माग हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending