Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

उत्तर–दक्षिण कोरियाको वार्तापछि किम–मुनले गरे यस्तो घोषणा

कोरिया । उत्तर र दक्षिण कोरियाका नेताहरुले शुक्रबारको ऐतिहासिक शिखर वार्तामा शत्रुता अन्त्य गर्ने र आणविक निशस्त्रीकरणका लागि पहल गर्ने संयुक्त घोषणामा हस्ताक्षर गरेका छन्। ‘आठ करोड जनताका अघि दुवै नेता गम्भीरतापूर्वक घोषणा गर्दछौँ, आइन्दा कोरियाली प्रायःद्वीपमा युद्ध हुने छैन,’ घोषणामा लेखिएको छ। ‘अध्यक्ष किम जोङ उन र म कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि सहमत भएका छौँ,’ हस्ताक्षरपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले भने। किम र मुनले हस्ताक्षर गरेको दस्तावेजलाई ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ नाम दिइएको छ। दिनभरीको बैठकपछि दुवै नेता यसमा हस्ताक्षर गर्न सहमत भएका हुन्। त्यस्तै दुई कोरिया एकअर्काविरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न, उत्तर कोरियाको सीमावर्ती सहर केसोङमा सम्पर्क कार्यालय खोल्न, सीमापार रेल तथा सडकमार्ग जोड्न र डिमिलिटराइज्ड जोनलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न पनि सहमत भएका छन्। त्यस्तै चीन र अमेरिकासमेतको सहभागितामा ३ र ४ पक्षीय वार्ताको पहल पनि गरिने भएको छ। त्यस्तै दुवै कोरियाबीच शान्ति सम्झौता गरेर औपचारिक रुपमा युद्ध समाप्त गर्न पनि तयार भएका छन्। १९५३ को युद्ध अन्त्यको औपचारिक घोषणा भएको छैन। पान्मुन्जोमको शान्ति भवनमा मुनसँगै उभिएका किमले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गरे। उनले दुवै कोरिया एक हुन अघि बढ्नुपर्ने बताए। ‘एकअर्कासँग लड्नपर्ने मानिस होइनौँ हामी। हामी एक भएर बस्नुपर्छ,’ उनले भने, ‘यो क्षणका लागि हामीले लामो समय प्रतीक्षा गरेका छौँ।’ ‘मलाई आशा छ, म आएको सडक भएर उत्तर र दक्षिणका प्रत्येक कोरियाली नागरिक हिँड्न सकून्,’ उनले थपे। दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्ने घोषणा पनि गरिएको छ। एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending