Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नेपाल एयरलाइन्सले वाइडबडीविमान खरिदमा नियम मिचियोः महालेखा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले वाइडबडी विमान खरिदमा विधि र प्रक्रिया मिचेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । तर, निगमले भने विमान खरिद प्रक्रिया कानूनसम्मत नै भएको दाबी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले निगमको दुई ठूला (वाइडबडी) ए ३३०–२०० विमान खरिद प्रक्रियामा त्रुटि देखाएको हो । प्रतिवेदनअनुसार निगमको आर्थिक विनियमावली, २०६५ को व्यवस्थालाई मिचेर निगमले बिचौलियाका रुपमा रहेका विमान आपूर्तिकर्तामार्फत एयरबस कम्पनीको विमान खरिद गर्ने सम्झौता कानूनसम्मत नभएको जनाएको छ । यता निगमका पदाधिकारी भने विमान खरिद प्रक्रिया कानूनसम्मत रहेको दाबी गर्छन् । प्रतिष्पर्धाका आधारमा तुलनात्मक रुपमा सस्तो मूल्यमा विमान खरिद गरिएको निगमको भनाइ छ । प्रतिवेदनमा भनिएअनुसार विमान खरिदमा कुनै बिचौलिया प्रयोग नगरेको र कानूनी प्रक्रिया पु¥याएर विमान खरिद गरिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताउनुभयो । ‘बिचौलिया लगाएको छैन, हामीले यो बढी प्राविधिक विषय भएकाले बुझाउन नसकेका कारण त्यस्तो आरोप लागेको हो, विमान प्रतिष्पर्धी कम्पनीसँग सस्तोमा लिएका हौँ, यसमा कुनै अनियमितता छैन’, उनले भने । निगमले ‘ग्लोबल टेण्डर’ मार्फत विभिन्न १० मुलुकका प्रतिष्पर्धी कम्पनीमध्ये सबैभन्दा सस्तो र कम उडेको विमान खरिद गर्ने निर्णय गरेको थियो । प्रतिवेदनमा भनिएअनुसार नयाँ विमान खरिद गर्न लामो समय लाग्ने र उनीहरुको विभिन्न शर्तमा बसेर पालो कुर्नुपर्ने भएकाले विमान चाँडो ल्याउनका लागि पुरानो विमान खरिद गरिएको निगमको भनाइ छ । ‘निगमको विनियमावलीमा नयाँ विमान खरिद गर्न विमान कम्पनीहरुसँग मात्र प्रतिष्पर्धा गर्नुपर्ने प्रावधान रहेकामा सो प्रक्रिया नअपनाई पुरानो वा नयाँ स्पष्ट उल्लेख नै नगरी एक हजार उडान घण्टा ननाघेको भनी पुरानो विमान खरिद गर्ने प्रक्रियाद्वारा बोलपत्र आह्वान गरी नयाँ विमान खरिद गर्न गरिएको सम्झौता कानूनसम्मत देखिएन’ प्रतिवेदनमा भनिएको छ । निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । विमान खरिद गर्नका लागि प्रतिविमान अमेरिकी डलर ११ करोड ८१ लाख ६३ हजार लागत अनुमान गरी प्रतिविमान अमेरिकी डलर १० करोड ४८ लाखका दरले दुई विमान खरिद गर्न २० करोड ९६ लाख अमेरिकी डलरमा सम्झौता गरेको प्रतिवेदनमा छ । निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २३६ (१) अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भनिएको छ । तर, विमान निर्माता कम्पनीसँग खरिद नगरी एक हजार घण्टा उडानपश्चात्को मेन्टिनेन्स सेवा तथा पार्टपूर्जा आपूर्तिमा हुनसक्ने उपलब्धि, तालीम, प्राविधिक सहयोग र वारेन्टीजस्ता पक्षलाई महत्व दिइएको छैन । आपूर्तिकर्ताले निश्चित रकम नाफा नलिई विमान आपूर्ति गर्ने सम्भावना नरहने हुँदा निगमले गरेको सम्झौता मूल्यमितव्ययी भएको यकिन गर्न सकिने अवस्था नदेखिएको प्रतिवेदनले ठहर गरेको छ । विमान निर्माता कम्पनीसँग खरिद नगरी एक हजार घण्टा उडेको भनी पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाई अन्य आपूर्तिकर्तासँग नयाँ विमान रोल्स रोएस ट्रेन्ट ७७२ बी इन्जिन जडान भएको र प्रत्येकमा १८ बिजिनेस क्लास र २३८ देखि २६२ सम्म इकोनोमी क्लासका सिट क्षमता भएका ए ३३०–२०० दुई वाइडबडी खरिद गर्न सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । निगमले विमान खरिदका लागि १ मार्च २०१७ मा अमेरिकी डलर १० लाख र १९ जून २०१७ मा अमेरिकी डलर सात करोड ९० लाख गरी अमेरिकी डलर आठ करोड पेस्की दिएको थियो । निगमको पहिलो वाइडबडी विमान जेठको तेस्रो साता काठमाडौँ आइपुग्ने र असारभित्रै व्यावसायिक उडान गर्ने तयारी भइरहेको छ । दुईसय ८० सिट क्षमताको वाइडबडी विमान आएको १५ दिनभित्र सबै प्रक्रिया पु¥याएर उडान गरिने निगमले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending