Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सकारात्मक सोंच र चिन्तनको खाँचोः सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोंच, चिन्तनको खाँचो रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको आज (सोमबार) उद्घाटन गर्दैै सभामुख महराले यस्तो बताएका हुन् । धर्म, समूह, पार्टी वा समुदायको साँघुरो घेराबाट माथि उठेर सकारात्मक सोंच चिन्तन गर्न सके मात्रै समाज र समग्र राष्ट्रको उन्नति हुने भन्दै सभामुख महराले अहिले देशलाई रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो रहेको बताऐ । ‘देशलाई अहिले सकारात्मक सोंच, चिन्तनको खाँचो छ, उनले भने, ‘हामी सबैले धर्म, समूह, पार्टी वा समुदायको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ ।’ ब्रह्मकुमारी राजयोग केन्द्रले सकारात्मक चिन्तन पद्धतिको विकास गर्ने अभियान सञ्चालन गरेर उदाहरणीय काम गरेको भन्दै सभामुख महराले समाजमा शान्ति, सद्भाव स्थापना गर्न होस् वा तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलिरहेको बताए । ‘समाजमा शान्ति र सद्भाव स्थापना गर्न र तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलेको मैले बुझेको छु, महराले भने, ‘आम मानिसमा रुपान्तरणसहित सकारात्मक सोंचको विकास गर्नतर्फ राम्रो भूमिका खेलेको छ ।’ ब्रह्मकुमारी राजयोगले अंगालेको दर्शन परम्परागत धर्म, पूजापाठसँग जोडिएको नभई अद्यात्मिक दर्शन र भौतिकवादको समिश्रण रहेको आफूले बुझेको सभामुख महराले बताएो । हृदयदेखि नै सकारात्मक रुपान्तरण राजयोगको मूल सारतत्व रहेको आफूले बुझेको सभामुख महराले बताऐ । राजयोगले परिकल्पना गरेको शान्त र समृद्ध समाजको चाहनामा आफू पनि सँगसँगै रहेको भन्दै सभामुख महराले देशको नीति निर्माण गर्ने थलो संसदमा पनि सकारात्मक चिन्तन पद्धतिको खाँचो रहेकोमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending