Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

आर्मेनियामा एक्ला उम्मेदवार नै प्रधानमन्त्री नबनेपछि...

सत्ताधारी रिपब्लिकन पार्टी अन्तरिम प्रधानमन्त्री बन्ने आफ्नो प्रयासको विपक्षमा उभिएपछि आर्मेनियाका विपक्षी नेता निकोल पासिनयानले आम हडतालको आह्वान गरेका छन्।

उनले हड्ताल आह्वान गरे लगत्तै उनका समर्थकहरूले सडकमा अवरोध सृजना गरेर राजधानीमा सवारी आवागमन अस्तव्यस्त पारिदिएका विवरण प्राप्त भएका छन्। राजधानी यारेभानमा दशौँ हजार समर्थकहरू सामु बोल्दै पासिनयानले सडक, रेल वे र विमानस्थल ठप्प पार्न आग्रह गरेका थिए। यसअघि प्रधानमन्त्री पदका एक मात्रै उम्मेदवार रहेपनि विपक्षी नेता पासिनयान संसदमा आवश्यक मत जुटाउन विफल भएका थिए। उनले पूर्व प्रधानमन्त्री सेर्ज सार्केस्यानलाई राजीनामा दिन बाध्य पारेको हप्तौँ लामो सरकार विरोधी प्रदर्शनहरूको नेतृत्व गरेका थिए। समर्थकहरूलाई सम्बोधन गर्दै पासिनयानले शान्तिपूर्ण नागरिक अवज्ञाले मात्रै आर्मेनियाली जनताहरूको जित सुनिश्चित हुने बताए। उनले प्रहरीलाई पनि आन्दोलनमा सरिक हुन आग्रह गरेका थिए। यसअघि रिपब्लिकन पार्टीले पासिनयानलाई प्रधानमन्त्री बन्न बाधा नपुर्‍याउने आश्वासन दिएका विवरण आएका थिए। तनाव कम गर्ने उद्देश्यले उक्त दलले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारी समेत दिएको थिएन्। तर नौ घण्टा चलेको संसदको बहसमा केही सांसदहरूले पासिनयानले सडकमा अराजकता श्रृजना गराएको आरोप लगाउँदै उनको प्रधानमन्त्री बन्ने योग्यतामा प्रश्न उठाएका थिए। आफूले समर्थन नपाउने प्रष्ट भएपछि संसदमा बोल्दै पासिनयानले रिपब्लिकन पार्टीले आर्मेनियाली नागरिकहरू विरुद्ध युद्ध घोषणा गरेको बताए। प्रधानमन्त्री चुनिन ५३ मत आवश्यक रहेकोमा उनको पक्षमा ४५ मत मात्र परेको थियो। यसअघि आफूले समर्थन नपाए उनकै शब्दमा राजनीतिक सुनामी ल्याउने चेतावनी उनले दिएका थिए। पासिनयानको आह्वानसँगै राजधानीको मूख्य चोकमा भेला भएका प्रदर्शनकारीहरूले सत्तारुढ दल विरुद्धको आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। संसदले एक हप्ता भित्र पुन: प्रधानमन्त्री चुन्नुपर्नेछ र यदी कोही पनि निर्वाचित नभए तत्कालै अर्को चुनावको आयोजना गराउनुपर्नेछ। यसअघि दश वर्षसम्म राष्ट्रपतिको पद सम्हालेका सेर्ज सार्केस्यानले अघिल्लो महिना प्रधानमन्त्रीको सपथग्रहण गरेको केहि दिनमै राजीनामा दिएका थिए। सार्केस्यान प्रधानमन्त्री चुनिए लगत्तै आन्दोलन सुरु भएको थियो र प्रदर्शनकारीहरुले सत्तामा टासिरहने प्रयास गरेको भन्दै उनको चर्को विरोध गरेका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies