Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

फोक्सवागनका पूर्व प्रमुख कार्यकारीविरुद्ध अभियोग

अमेरिकी अभियोजनकर्ताहरूले कार निर्माता कम्पनी फोक्सवागनका पूर्व प्रमुख कार्यकारी मार्टिन विन्टरकोर्नमाथि सवारी प्रदूषण नियामक निकायलाई झुक्क्याएको अभियोग लगाएका छन् ।

उक्त कम्पनीले अमेरिकाको प्रदूषण परिक्षण आफ्ना सवारी साधनहरूले पास गरून भनेर डिजेलबाट चल्ने कारहरूमा स्फटवेयर जडान गरेको जानकारी सतहमा आएपछि उनले सन् २०१५ मा राजीनामा दिएका थिए । विन्टरकोर्नले त्यसबेला भएका गल्तीको आफूलाई जानकारी नभएको बताएका छन् । डिट्रोइट जिल्ला अदालतका एक जना प्रवक्ताले दोषी पाइए विन्टरकोर्नलाई २५ वर्षसम्म कारावास हुनसक्ने बताए । मार्चमा लगाइएका ती अभियोग बिहीवार सार्वजनिक भएका थिए । फोक्सवागनले अमेरिकी जाँचलाई सघाउन आफू तयार रहेको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ । न्यूयोर्क स्थित बीबीसी संवाददाता जो मिलर भन्छन्, जरिवाना वापत ३० अर्ब डलर खर्च गरिसकेको र कारहरू फिर्ता लिइसकेको अनि कयौं मध्यम तहका कर्मचारीलाई कारबाही गरिएकाले त्यसबेला सबैभन्दा उच्च तहमा रहेका अधिकारीलाई कठघरामा नउभ्याइने ठानिएको थियो । लाखौं सवारी साधानहरूमा ठगी गर्ने उपकरणहरू जडान गरिएको अवधिका विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनीका प्रमुख कार्यकारी विन्टरकोर्नले थाहा हुने वित्तिकै उक्त गैरकानूनी गतिविधिबारे अधिकारीहरूलाई जानकारी गराएको बताउने गरेका छन् । तर देशबाहिर रहेका एक जना वरिष्ठ उद्यमीविरुद्ध अभूतपूर्व जस्तो देखिने गरि मिसिगनको एउटा संघीय जुरीले अभियोग दायर गरेको हो । उनलाई नियामक निकाय र सर्वसाधारणलाई फोक्सवागनका गाडीहरूको प्रदूषणको तहबारे झूटो विवरण दिएको अभियोग लगाइएको छ । उनले स्टुट्गार्टमा अहिले नै कानूनी समस्याहरू खेपिरहेका छन् । फोक्सवागनका लगानीकर्ताहरूले विन्टरकोर्नले उक्त प्रकरणबारेका सुचना एक वर्षसम्म लुकाएर कम्पनीको अर्बौ डलर बराबरको बजार मूल्यमा क्षति पुर्‍याएको आरोप लगाएका छन् । तर अमेरिकी निकायहरूले दोषी ठहर गरेपनि उनले अमेरिकी अदालतमा उपस्थित हुनुपर्ने वा जेल जानुपर्ने सम्भावना नरहेको बताइन्छ । किनभने जर्मनीले आफ्ना नागरिकहरू अन्य देशलाई सुपुर्दगी नगर्ने नीति लिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending