Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

फोक्सवागनका पूर्व प्रमुख कार्यकारीविरुद्ध अभियोग

अमेरिकी अभियोजनकर्ताहरूले कार निर्माता कम्पनी फोक्सवागनका पूर्व प्रमुख कार्यकारी मार्टिन विन्टरकोर्नमाथि सवारी प्रदूषण नियामक निकायलाई झुक्क्याएको अभियोग लगाएका छन् ।

उक्त कम्पनीले अमेरिकाको प्रदूषण परिक्षण आफ्ना सवारी साधनहरूले पास गरून भनेर डिजेलबाट चल्ने कारहरूमा स्फटवेयर जडान गरेको जानकारी सतहमा आएपछि उनले सन् २०१५ मा राजीनामा दिएका थिए । विन्टरकोर्नले त्यसबेला भएका गल्तीको आफूलाई जानकारी नभएको बताएका छन् । डिट्रोइट जिल्ला अदालतका एक जना प्रवक्ताले दोषी पाइए विन्टरकोर्नलाई २५ वर्षसम्म कारावास हुनसक्ने बताए । मार्चमा लगाइएका ती अभियोग बिहीवार सार्वजनिक भएका थिए । फोक्सवागनले अमेरिकी जाँचलाई सघाउन आफू तयार रहेको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ । न्यूयोर्क स्थित बीबीसी संवाददाता जो मिलर भन्छन्, जरिवाना वापत ३० अर्ब डलर खर्च गरिसकेको र कारहरू फिर्ता लिइसकेको अनि कयौं मध्यम तहका कर्मचारीलाई कारबाही गरिएकाले त्यसबेला सबैभन्दा उच्च तहमा रहेका अधिकारीलाई कठघरामा नउभ्याइने ठानिएको थियो । लाखौं सवारी साधानहरूमा ठगी गर्ने उपकरणहरू जडान गरिएको अवधिका विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनीका प्रमुख कार्यकारी विन्टरकोर्नले थाहा हुने वित्तिकै उक्त गैरकानूनी गतिविधिबारे अधिकारीहरूलाई जानकारी गराएको बताउने गरेका छन् । तर देशबाहिर रहेका एक जना वरिष्ठ उद्यमीविरुद्ध अभूतपूर्व जस्तो देखिने गरि मिसिगनको एउटा संघीय जुरीले अभियोग दायर गरेको हो । उनलाई नियामक निकाय र सर्वसाधारणलाई फोक्सवागनका गाडीहरूको प्रदूषणको तहबारे झूटो विवरण दिएको अभियोग लगाइएको छ । उनले स्टुट्गार्टमा अहिले नै कानूनी समस्याहरू खेपिरहेका छन् । फोक्सवागनका लगानीकर्ताहरूले विन्टरकोर्नले उक्त प्रकरणबारेका सुचना एक वर्षसम्म लुकाएर कम्पनीको अर्बौ डलर बराबरको बजार मूल्यमा क्षति पुर्‍याएको आरोप लगाएका छन् । तर अमेरिकी निकायहरूले दोषी ठहर गरेपनि उनले अमेरिकी अदालतमा उपस्थित हुनुपर्ने वा जेल जानुपर्ने सम्भावना नरहेको बताइन्छ । किनभने जर्मनीले आफ्ना नागरिकहरू अन्य देशलाई सुपुर्दगी नगर्ने नीति लिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending