NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

समयमै बुद्धि पुर्‍याऊ, मुलुकलाई जोगाऊ !

वैशाख १२ को विनाशकारी भूकम्पले थिलथिलो भएको नेपाली समाजको क्रमशः तङ्ग्रिने क्रमलाई वैशाख २९ मा दोहोरिएको अर्को भूकम्पले बिथोलिदिएको छ । वैशाख १२ गते मध्याह्न ११ः५६ मा आएको ७.६ म्याग्निच्युडको भूकम्प लगत्तैदेखि हालसम्म लगातार आइरहेका झन्डै २ सय आसपासका ‘पराकम्पन’ का झड्काहरुका कारण नेपाली नागरिककाे नियमित जीवनचर्यामा फर्कने क्रम फेरि विशृङ्खलित हुन पुग्यो । ‘पराकम्पन’ का झड्काहरुको क्षमता र संख्या  दुवैको दिनहुँ घट्दै जाने क्रमसँगै जनजीवन क्रमशः अभ्यस्त बन्ने प्रयासमा लागिसकेको थियो । तर, वैशाख २९ गते दिउँसो १२ः५० मा दोहोरिएको ६.८ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प तथा त्यसै बेलादेखि फेरि दिनहुँ दर्जनौंको संख्यामा बढेका ‘पराकम्पन’ का थप झड्काहरुको क्षमता तथा संख्याका कारण नेपाली जनजीवन फेरि भयाक्रान्त बनेको छ । बितेका २० दिनमा नेपाल सरकार, राष्ट्रिय भूकम्प मापन केन्द्र, नेपाली भूगर्भविद्हरु र सम्बद्ध सरोकारवालाहरुको निरीहता देखेर नेपाली समाज झनै चिन्तित र विचलित भएको छ । विश्वप्रसिद्ध विदेशी निकायहरुले १२ गते आएको ठूलो भूकम्पको क्षमता ७.८ म्याग्निच्युड मापन गरिएको उल्लेख गरेका छन् भने कतिपयले ७.९ समेत भनेका छन् । तर, नेपालको आधिकारिक निकाय राष्ट्रिय भूकम्प मापन केन्द्रले भने त्यस भूकम्पको क्षमता ७.६ म्याग्निच्युड मात्रै रहेको दावी गरिरहेको छ । त्यस्तै २९ गतेको अर्को भूकम्पको क्षमता विदेशी निकायहरुले ७.३ र कतिपयले ७.४ म्याग्निच्युड रहेको उल्लेख गरे । यसपटक पनि नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले उक्त भूकम्पको मापन ६.८ म्याग्निच्युड मात्रै रहेको प्रस्ट्यायो । विडम्बना ! नेपालको सर्वोच्च जनप्रतिनिधिमूलक निकाय संसदको विशेष अधिवेशनमा वैशाख २६ गते लगभग राष्ट्रिय सहमतिकै आधारमा नेपाली कांग्रेसका प्रमख सचेतक चिनकाजी श्रेष्ठद्वारा प्रस्तुत एवम् एमालेका प्रमुख सचेतक अग्निप्रसद खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलद्वारा समर्थित ‘सङ्कल्प’ प्रस्तवमै वैशाख १२ गतेको भूकम्पको क्षमता ७.८ म्याग्निच्युड उल्लेख गरेर राष्ट्रको आधिकारिक निकाय राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको ७.६ म्याग्निच्युडलाई अस्वीकार गरेको देखियो । हालै मात्र भूकम्पसम्बन्धमा विश्वभरकै अध्ययन–अनुसन्धान गर्दै आइरहेको अमेरिकी भूगर्भ विभागले नेपालमा ७.८ रेक्टर स्केलसम्मको अझै अर्को भूकम्प जान सक्ने अनुमान सार्वजनिक गरेको छ । उक्त विभागले मे महिनाभरि नेपालमा भूकम्प जान सक्ने रिपोर्ट सार्वजनिक गर्दै ७.८ रेक्टरसम्मको अर्को भूकम्प जान सक्ने तर त्यसको सम्भावना चाहिँ केवल २ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ । नेपालको आधिकारिक निकाय राष्ट्रिय भूकम्प मापन केन्द्रको मापनलाई उपेक्षा गरेर ‘युएसजीएस’ नामक सोही संस्थाको मापनलाई संसद्को संकल्प प्रस्तावमै मान्यता दिएको सरकार र यहाँका प्रमुख राजनीतिक दलहरुले त्यही संस्थाले गरेको यस्तो ‘भविष्यवाणी’ लाई चाहिँ कसरी हेरेका छन् ? समाजिक सञ्जालहरु र विभिन्न वेबसाइटहरुमा छ्याप्छ्याप्ती भएको उक्त संस्थाको यस्तो ‘भविष्यवाणी’ का कारण जनजीवन थप भयाक्रान्त भएको छ । यसबारे नेपाल सरकार र यहाँका सम्बद्ध निकायहरुले तत्काल बोल्नु र जनसमुदाय सुसूचित हुनेगरी सम्बोधन गर्नुपर्छ कि पर्दैन ? अर्कातिर ७.३ या ६.८ जुनसुकै म्याग्निच्युडको भए तापनि वैशाख २९ को भूकम्प ‘नयाँ भूकम्प’ हो कि वैशाख १२ कै भूकम्पको ‘पराकम्पन’ मात्र हो ? राष्ट्रिय भूकम्प मापन केन्द्रसहित नेपालका सबैजसो भूगर्भविदहरुले वैशाख २९ को ठूलो झड्का समेत ‘भूकम्प’ नभई ‘पराकम्पन’ मात्रै भएको दावी गरिरहेका छन् । तर, आम जनताले भने यो कुरालाई रत्तिभर पत्याएको देखिँदैन । अझ गम्भीर कुरा त के छ भने वैशाख १२ देखि २८ गतेसम्म राष्ट्रिय भूकम्प मापन केन्द्र र त्यसका प्रमुखसहित सबै अधिकारीहरु, नेपाल सरकार, गृह मन्त्रालय र सम्बद्ध अधिकारीहरु, विभिन्न क्षेत्रका विज्ञ तथा भूगर्भविदहरुले वैशाख १२ मा ठूलो भूकम्प गई त्यसयता लगातार ‘पराकम्पनहरु’ आइरहेकाले तत्काल र निकट भविष्यमा फेरि त्यति नै क्षमताको या त्योभन्दा ठूलो अर्को भूकम्प जाने कुनै सम्भावना नभएको बारम्बार दोहोर्याए । तर, वैशाख २९ झन्डै वैशाख १२ को ठूलो भूकम्पकै क्षमताको अर्को भूकम्प आएयता भने उनीहरुको मुख बन्द भएको छ, सबै ‘तैं चुप–मै चुप’ भएका छन् । यस्तो विपत्तिको घडीमा सबैले आशा र भरोसाको नजरले हेर्ने राष्ट्रका जिम्मेवार निकाय र व्यक्तित्वहरुको यो हदको निरीहतापछि अबको विकल्प के ? यसर्थ, संसारभर जहाँ उपलब्ध हुन्छन् त्यहींबाट तत्काल यथासम्भव उच्चस्तरीय ज्ञान र उपकरणसहितका विज्ञहरु झिकाऊ । राष्ट्रभित्रका सम्बद्ध सबै निकाय, विज्ञ तथा भूकम्पीय क्षेत्रसँग सम्बद्ध अन्तर्राष्ट्रिय निकायबीच तत्काल समुचित संयोजनपूर्ण वातावरण सिर्जना गर । जनतालाई यथासमयमा सही सूचना प्रवाहित गर्न हरसम्भव प्रयास गर । सन्त्रस्त जनजीवनलाई सान्त्वना र भरलाग्दो अभिभावकत्व प्रदान गर । जनधनको सम्भावित थप क्षतिलाई यथासक्य न्यूनीकरणमा सम्पूर्ण ध्यान लगाऊ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page