Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

यी हुन सेनामा धेरै खर्च गर्ने विश्वका १० देश

सन् २०१७ मा संसारभरि सैन्य खर्च १,७०० अर्ब डलर पुग्यो। जसमध्ये अमेरिकाले मात्रै ६१० अर्ब डलर खर्च गरेको छ। अर्का दुई ठूला देश चीनले १२ अर्ब र रुसले १३.९ अर्ब डलर सेनामा खर्च गरेका छन् ।

विश्वका ठूला आर्थिक शक्तिहरूले आफ्ना सेना र रक्षा मामिलामा सबैभन्दा बढी खर्च गर्ने गरेको बताइन्छ । तर जानकारहरूका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा यी तीवनटा मुलुक सेनामा धेरै खर्च गर्ने त्यस्ता देशको सूचीमा अग्रस्थानमा छैनन्, जसले आफ्नो आयको धेरै रकम सुरक्षा बजेटमा खर्चेका छन् । सुरक्षा खर्चसम्बन्धी विषय हेर्दै आएको स्टकहोम इन्टरन्याशनल पीस रिसर्च इन्स्टिट्युट (एसआइपीआरआइ) को अध्ययन प्रतिवेदन अनुसार सन् २०१७ मा अमेरिकाले जीडीपीको ३.१ प्रतिशत सेनामा खर्च गरेको छ । यसैगरी चीनले १.९ प्रतिशत र रुसले ४.१ प्रतिशत रकम सेनामा खर्च गरेका छन् ।

यी हुन् सेनामा धेरै खर्च गर्ने १० मुलुक

१. ओमान

इरान, साउदी अरेबिया र यमनको छिमेकी देश ओमानले एक दशकयता आफ्नो सैन्य खर्च बढाउँदै लगेको छ । आफ्नो आयको सबैभन्दा बढी रकम खर्च गर्ने देशको सूचीमा ओमान शीर्ष स्थानमा छ । सन् २०१७ मा उसले आफ्नो जीडीपीको १२ प्रतिशत अर्थात् ८.६८६ अर्ब डलर खर्च गरेको छ ।

२. साउदी अरेबिया

साउदी अरेबियाले सन् २०१५ देखि यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीको नेतृत्व गर्दै आएको छ । सिरियाबाट तथाकथित इस्लामिक स्टेट समूहलाई धपाउने अन्तर्राष्ट्रिय कारबाहीमा पनि साउदी अरेबिया संलग्न रहिआएको छ । एसआइपीआरआइका अनुसार सन् २०१७ मा उसले ६९.४१३ अर्ब डलर अर्थात् जीडीपीको १० प्रतिशत खर्च गरेको तथ्याङ्क छ ।

३. प्रजातान्त्रिक गणतन्त्र कंगो

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगो आन्तरिक संघर्षबाट गुज्रिरहेको छ । उसले सन् २०१७ मा कुल जीडीपीको ६.२ प्रतिशत अर्थात् ०.४८४ अर्ब डलर सेनामा खर्च गरेको छ ।

४. कुवेत

साउदी अरब, इरान र इराकसँग सीमा जोडिएको कुवेतमा संवैधानिक राजतन्त्र छ । ३० लाख जनसंख्या भएको यो मुलुकमा अमेरिकी सेनाको कैयौँ अखडा छन् । सन् २०१७ मा कुवेतले ६.८३१ सेनामा अर्ब डलर खर्च गरेको छ जुन कुल जीडीपीको ५.८ प्रतिशत हो ।

५. अल्जेरिया

अल्जेरियामा फ्रान्सको उपनिवेश थियो। स्वतन्त्रताको लामो लडाइँपछि सन् १९६२ मा स्वतन्त्र भए पनि देशभित्रको हिंसा अझै चलिरहेको छ । हिंसाका एउटा प्रमुख कारण धर्म र समाजभित्रको मतभेद रहेको बताइन्छ । एसआइपीआरआइका अनुसार सन् २०१७ मा अल्जेरियाले सेनामा कुल जीडीपीको ५.७ प्रतिशत अर्थात् १०.०७३ अर्ब डलर खर्च गरेको छ ।

६. जोर्डन

सन् १९४६ मा जोर्डन स्वतन्त्र भएपछि हालसम्म संघर्षपूर्ण अवस्थाबाट गुज्रिँदै आएको छ । सन् १९६७ मा इजरेलसँग ६ पटक लडाइँ गरेको जोर्डनले वेस्ट ब्याङ्क र पूर्वी जेरूसलेममाथिको नियन्त्रण गुमायो । सन् १९४८ मा भएको अरब-इजरेल युद्धपछि ती क्षेत्रमा जोर्डनको नियन्त्रण थियो । सन् १९८४ मा जोर्डनले इजरेलसँग शान्ति सम्झौता गर्‍यो। तर तथाकथित इस्लामिक स्टेटका कारण अहिले त्यहाँ तनाव छ । सन् २०१७ मा जोर्डनले आफ्नो जीडीपीको ४.८ प्रतिशत अर्थात् १.९३९ अर्ब डलर खर्च गरेको छ ।

७. इजरेल

सन् १९४८ यता इजरेलको सम्बन्ध उसका छिमेकी मुलुकहरूसँग तनावपूर्ण रहिआएको छ । उसको एकातर्फ सिरिया छ भने अर्कोतर्फ लेबननको हिज्बुल्लाह लडाकु समूह छ जसलाई सिरियाको समर्थन प्राप्त छ । इजरेल सिरियामाथि अमेरिकी हमलाको समर्थन गर्दछ तर बशर अल-असदको सरकारलाई समर्थन गर्दैन ।

८. लेबनन

मध्यपूर्वमा बढी सैन्य सामग्री भएका ६ वटा देशको सूचीमा लेबनन पनि पर्छ । सन् १९७५ देखि ९० को बीचमा यो देश लामो गृहयुद्धबाट गुज्रियो र त्यसयता त्यहाँ गहिरो मतभेद रहिआएको छ । सन् २०१७ मा लेबननले २.४११ अर्ब डलर सेनामा खर्च गरेको छ, जुन उसको कुल जीडीपीको साढे ४ प्रतिशत हुन आउँछ ।

९. रुस

सन् १९९७ मा रुसले आफ्नो जीडीपीको ४.३ प्रतिशत सेनामा खर्च गरेको थियो। तर सन् १९९८ मा उसले घटाएर ३ प्रतिशतमा झार्‍यो । त्यसपछि सेनामा गरिने खर्च बढ्दै सन् २०१६ आउँदा ५.५ प्रतिशत पुग्यो । तर फेरि घटेर सन् २०१७ मा ४.३ प्रतिशत भयो । एसआइपीआरआइका प्रमुख अनुसन्धानकर्ता सीमोन वेगम्यानका अनुसार सन् २०१४ यता रुस आर्थिक समस्याबाट जुझिरहेको छ, जसका कारण उसले सैन्य खर्चमा कटौती गरेको हुन सक्छ । सेनाको आधुनिकीकरण अहिले उसको प्राथमिकतामा छ ।

१०. बहराइन

बहराइन एउटा राजतन्त्रात्मक मुलुक हो जहाँ सुन्नी मुस्लिमको शासन छ र त्यहाँ सेनाको उच्चपदमा शाही परिवारका सदस्य छन् । १४ लाख शिया मुस्लिमहरू पनि रहेको बहराइनमा अहिले तनाव जारी छ । सन् २०११ मा भएको अरब आन्दोलनका क्रममा त्यहाँ प्रदर्शनकारीहरूले राज्य संयन्त्रमा नागरिकको प्रतिनिधित्व बढाइनुपर्ने माग गरेका थिए । सरकारी आग्रहमा प्रदर्शनकारीमाथि नियन्त्रण कायम गर्न गल्फ कर्पोरेशन काउन्सिलको फौज परिचालन गरिएको थियो । सन् २०१७ मा बहराइनमा सेनामा १.३९६ अर्ब डलर खर्च गरिएको छ, जुन कुल जीडीपीको ४.१ प्रतिशत हुन आउँछ । बीबीसी                  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies