Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

महासंकटबीच प्रधानमन्त्री भारत भ्रमणमा जाँदै !

काठमाडौं, भूकम्पले थिलोथिलो मुलुकलाई असरल्ल छाडेर प्रधानमन्त्री सुशील कोइराला तीनदिने भारत भ्रमणमा जाने भएका छन् । महाभूकम्पले चाैतर्फी सन्त्रास छाइरहेका बेला अनावश्यक भ्रमण गर्नुनहुने भन्दै केही मन्त्रीले मन्त्रीपरिषद बैठकमै बबन्डर मच्चाएका छन् । भारत भ्रमणको मिति तय भइनसके पनि भ्रमण आउँदो जेठ २० देखि २५ गतेको बीचमै हुनेगरी तयारी चलिरहेको प्रधानमन्त्री कार्यालय सिंहदरबारले जनाएको छ । वैशाख २९ गते मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भारतको एजेन्डा तय गर्न सम्बद्ध मन्त्री र सचिवहरुको बैठक बसेर छलफल चलिरहँदा शक्तिशाली भूकम्प गएकाले उक्त एजेन्डा तय हुन सकेको थिएन । यसैबीच प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले एक युनिभर्सिटीको कार्यक्रमममा सहभागी हुन प्रधानमन्त्रीले भारत भ्रमण गर्नेेबारे सामान्य कुराकानी आफूले पनि सुनेको तर ठोस निर्णय भइसकेको चाहिँ जानकारी नपाएको बताए । शनिबार जारी मन्त्रीपरिषदको बैठकले यो विषयलाई पनि टुंगोमा पुर्याउन सक्ने एक मन्त्रीले बताए । तर, मुलुक भीषण संकटबाट गुज्रिरहेका बेला एउटा सामान्य विश्वविद्यालयको साधारण कार्यक्रमको बहानामा प्रधानमन्त्रीले विदेश भ्रमण गर्नु उचित नहुने भन्दै केही मन्त्रीहरुले बबन्डर मच्चाएपछि शनिबारको मन्त्रीपरिषद बैठक तनावग्रस्त हुन पुगेको बुझिएको छ । मन्त्रीपरिषद बैठकबाटै खबरडबलीसँग कुरा गर्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बैठक चलिरहेको हुँदा प्रधानमन्त्रीको भारत भ्रमणबारे तत्कालै केही भन्न नमिल्ने बताए । बैठकको बीचमै फोनवार्ता गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने– ‘मित्र, यो बैठक टुंगिएर हामीलाई बाहिर आउन त दिनोस्, किन धेरै हतार गर्नुहुन्छ ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy