Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महासंकटबीच प्रधानमन्त्री भारत भ्रमणमा जाँदै !

काठमाडौं, भूकम्पले थिलोथिलो मुलुकलाई असरल्ल छाडेर प्रधानमन्त्री सुशील कोइराला तीनदिने भारत भ्रमणमा जाने भएका छन् । महाभूकम्पले चाैतर्फी सन्त्रास छाइरहेका बेला अनावश्यक भ्रमण गर्नुनहुने भन्दै केही मन्त्रीले मन्त्रीपरिषद बैठकमै बबन्डर मच्चाएका छन् । भारत भ्रमणको मिति तय भइनसके पनि भ्रमण आउँदो जेठ २० देखि २५ गतेको बीचमै हुनेगरी तयारी चलिरहेको प्रधानमन्त्री कार्यालय सिंहदरबारले जनाएको छ । वैशाख २९ गते मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भारतको एजेन्डा तय गर्न सम्बद्ध मन्त्री र सचिवहरुको बैठक बसेर छलफल चलिरहँदा शक्तिशाली भूकम्प गएकाले उक्त एजेन्डा तय हुन सकेको थिएन । यसैबीच प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले एक युनिभर्सिटीको कार्यक्रमममा सहभागी हुन प्रधानमन्त्रीले भारत भ्रमण गर्नेेबारे सामान्य कुराकानी आफूले पनि सुनेको तर ठोस निर्णय भइसकेको चाहिँ जानकारी नपाएको बताए । शनिबार जारी मन्त्रीपरिषदको बैठकले यो विषयलाई पनि टुंगोमा पुर्याउन सक्ने एक मन्त्रीले बताए । तर, मुलुक भीषण संकटबाट गुज्रिरहेका बेला एउटा सामान्य विश्वविद्यालयको साधारण कार्यक्रमको बहानामा प्रधानमन्त्रीले विदेश भ्रमण गर्नु उचित नहुने भन्दै केही मन्त्रीहरुले बबन्डर मच्चाएपछि शनिबारको मन्त्रीपरिषद बैठक तनावग्रस्त हुन पुगेको बुझिएको छ । मन्त्रीपरिषद बैठकबाटै खबरडबलीसँग कुरा गर्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बैठक चलिरहेको हुँदा प्रधानमन्त्रीको भारत भ्रमणबारे तत्कालै केही भन्न नमिल्ने बताए । बैठकको बीचमै फोनवार्ता गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने– ‘मित्र, यो बैठक टुंगिएर हामीलाई बाहिर आउन त दिनोस्, किन धेरै हतार गर्नुहुन्छ ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: