Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुष्मा स्वराज चढेको विमान १४ मिनेट ‘सम्पर्कविहीन’

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म \'सम्पर्कविहीन\' हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन् ।

दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले \'चेतावनी\' जारी गरेपछि तनाव सिर्जना भएको थियो । अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ मिनेटसम्म सम्पर्क स्थापित हुन सकेन । एयरपोर्ट अथोरिटी अफ इण्डियाका महाप्रबन्धक जेबी सिहंले भने, \"मरिससले एकतर्फी रूपमा \'चेतावनी\' जारी गरेको थियो ।\" उनका अनुसार सामान्यतया उडेको विमानसँग आधा घण्टासम्म सम्पर्क स्थापित हुन नसकेपछि त्यस्तो \'चेतावनी\' जारी गरिन्छ । सिहंले थपे, \"त्यो वायुसेनाको विमान थियो र हाम्रो हवाई क्षेत्रमा थिएन। मालेले मरिससलाई उक्त विमानसँग सम्पर्क स्थापित गर्न भन्यो । तर मरिससको एटीसीले १४ मिनेटसम्म सम्पर्क स्थापित गर्न सकेन ।\" एयरपोर्ट अथोरिटी अफ इण्डियाद्वारा आइतवार जारी एउटा विज्ञप्तिमा भनिएको छ, \"विमानमा अतिविशिष्ट व्यक्ति सवार भएकाले मरिससले \'चेतावनी\' जारी गरेको हुनुपर्छ ।\" इन्धन भर्नका लागि उक्त विमान तिरूवन्तपुरम र मरिससमा अवतरण गर्ने तय भएको थियो । \"उक्त विमान शनिवार दिउँसो २ बजेर ८ मिनेटमा तिरूवन्तपुरमबाट उडेको थियो । भारतीय हवाई क्षेत्र कटेपछि दिउँसो ४ बजेर ४४ मिनेटमा मालेको एटीसीसँग सम्पर्क स्थापित भयो ।\" \"मरिससको एटीसी र विमानबीच ४ बजेर ५८ मिनेटमा मात्रै सम्पर्क स्थापित हुन सक्यो ।\" विमानसँग सम्पर्क स्थापित भएपछि बल्ल भारतीय उड्डयन अधिकारीहरूले राहत महसुस गरे । ब्रिक्स भनिने राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन स्वराज दक्षिण अफ्रिका जान लागेकी थिइन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending