Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भूकम्पका डरलाग्दा धक्का कायमै रहँदा के हेरिरहेछन् सरकार र विज्ञ ?

  काठमाडौं, विनाशकारी महाभूकम्प गएको ३ साता नाघ्न लागिसक्दा समेत दिनहुँ डरलाग्दा धक्काहरु आउने क्रम जारी नै रहेकाे छ । सरकारी सञ्चारमाध्यम, कतिपय विज्ञ र सरकारी अधिकारीहरु मिनेटैपिच्छेजसो आम जनतालाई निर्धक्क रहन अपिल गरिरहेका छन् । तर, अझै पनि भूकम्पको के–कस्तो जोखिमको के–कति सम्भावना बाँकी छ भन्नेबारे जनता ढुक्क हुन पाउनेगरी पटक्कै सूचना दिइरहेका छैनन् । राजधानीलाई घेरेर गोर्खादेखि दोलखासम्मलाई खतराको संकेत दिँदै नुवाकोट, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोकलगायतका स्थानलाई केन्द्रविन्दु बनाएर  दिनदिनैजसो साढे ४ देखि साढे ५ म्गाग्निच्युडसम्मका भूकम्पका धक्का दिनहुँ आधा दर्जनको संख्यामा कायम छन् । यो स्थितिमा प्रभावित क्षेत्रका घर–कोठा सग्लै भएका समेत धेरैजसो जनता त्रसित भई घर र डेरा छाडेर प्लास्टिकको ओतमुनि खुला चौर, सडक र खेतबारीमा रात बिताइरहेका छन् । घर क्षतिग्रस्त भएका वा पूर्णतः भग्नावशेषमै परिणत भइसकेकाहरुको त झन् बेहाल छँदै छ । यस्तो संवेदनशील अवस्थामा अबको सम्भावना के हो, यो समयमा के–कसरी र के–कस्ता सजगता अपनाउनुपर्ने हो, कुन–कुन स्थानका र के–कस्ता संरचनामा बस्न मिल्ने हो वा नमिल्ने हो भन्नेजस्ता प्रश्नबारे जिम्मेवार निकायहरुले जनता आश्वस्त हुनेगरी कुनै भरपर्दो सल्लाह, सुझाव र ढाडस पटक्कै दिइरहेका छैनन् । एकापसमै परस्पर विरोधीजस्ता लाग्ने, अमूर्त र गोलमटोलका बहस, तर्कवितर्क र प्रचारवाजीले जनतामा झनै चर्को अन्योलता सिर्जना गरिरहेको छ । के–कस्तो छ त अझै भूकम्पको जोखिम ? यतिबेला भूकम्पको जोखिम कस्तो छ भन्नेबारे न त कुनै सरकारी निकाय र अधिकारीले स्पष्टताका साथ जनतालाई सुसूचित गर्न सकेका छन्, न कुनै विज्ञ–विशेषज्ञले । न त कुनै राष्ट्रिय संघ–संस्थाले जनतालाई ढुक्क र निर्धक्क तुल्याउनेगरी सोझो परामर्श दिइरहेका छन्, न त कुनै अन्तर्राष्ट्रिय निकाय या संघ–संस्थाले नै यो काम गरिरहेका छन् । जनतालाई सुसूचित पार्ने प्रयास गरेजस्तो देखिए तापनि अहिले चौतर्फी अन्योल, भय र त्रास सिर्जना गर्नेगरी अपवाहहरुको बाढी मात्रै चलाएका छन् सबैले । शुक्रबार र शनिबार गएका भूकम्पको सरकारी आँकडा मात्रै हेर्दा पनि स्थिति अझै पनि भयावह देखिएको छ । शनिबार मात्रै पनि विभिन्न स्थानमा केन्द्रविन्दु बनाएर साँझ साढे ५ बजेअघिसम्म ४ म्याग्निच्युडमाथिका ८ वटा भूकम्प आइसकेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेदेखि साँझ साढे पाँच बजेसम्ममा राजधानी वरिपरि मध्यनेपालमा केन्द्रित भई ८ पटक भूकम्प आएका हुन् । बिहान २ बजेर १५ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प आयो । त्यसलगत्तै ४ बजेर २८ मिनेटमा अनि ४ बजेर ३८ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडका दुई भूकम्प आए । ६ बजेर ११ मिनेट जाँदा नुवाकोटलाई केन्द्रविन्दु बनाएर र लगत्तै ६ बजेर ३१ मिनेट जाँदा धादिङ–गोरखालाई केन्द्रविन्दु बनाएर  ४–४ म्याग्निच्युडका दुई भूकम्प आए । त्यस्तै बिहान ९ बजेर २४ मिनेटमा सिन्धुपाल्चोक र ९ बजेर ३५ मिनेटमा ललितपुर–मकवानपुरलाई केन्द्रविन्दु बनाएर फेरि ४.२ म्याग्निच्युडका दुईवटा भूकम्प आए । साँझ ५ बजेर १९ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प आयो । यसअघि शुक्रबार पनि ४ भन्दा माथि ५.५ म्याग्निच्युडसम्मका भूकम्प ६ पटक आए । त्यसअघि बिहीबार ४ देखि ५ म्याग्निच्युडसम्मका भूकम्प १० पटक आएका थिए । यसरी हेर्दा न त भूकम्पको संख्या घटेको देखिन्छ न क्षमता नै । सरकारी निकाय र विज्ञहरुले वैशाख १२ गते दिउँसो ११ः२६ मा आएको ७.६ म्याग्निच्युडको मात्रै भूकम्प भएको र त्यसयताका सबै प्रतिकम्पनहरु मात्रै भएको बताउने गरेका छन् । यसबीच ६.३, ६.८, ६.९ म्याग्निच्युडका डरलाग्दा थप भूकम्प समेत गएका छन् र ती सबैलाई समेत उनीहरुले ‘प्रतिकम्पन’ नै भनेका छन् । जबकि ‘प्रतिकम्पन’ का यिनै धक्काले समेत राजधानीका मजबुत ठानिने ठूलठूला आरसीसी भवन समेत ध्वस्त बनाएर दर्जनौंको ज्यान लिइसकेको छ; दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, गोरखालगायतका ठाउँमा रहेका कच्ची र माटोका तथा अघिल्ला भूकम्पले थिलथिलो पारेका घरहरु र त्यहाँ रहेका नागरिक, वस्तुभाउ र धनमालको त कुरै छाडौं । यो स्थितिमा कुन–कुन अवस्था र स्थानका नागरिक घरभित्र पस्न, खान, काम गर्न र बास बस्न मिल्ने हो अनि कुन–कुन अवस्था र स्थानका नागरिकले के–कसो गर्न नमिल्ने हो– सर्वसाधारणले बुझ्ने र ढुक्क हुने भाषामा कसैले मार्गनिर्देशन गरेको छैन । बरु यसबीच जनता थप भयभीत हुने र जनजीवन अझै बढी अस्तव्यस्त हुने खालको अनेकथरी प्रचारवाजी भएका छन् । तिनको आधिकारिकता एवम् सत्यताबारे समेत कुनै जिम्मेवार निकायले स्पष्ट पार्ने प्रयास नगर्नु आश्चर्यको विषय भएको छ । \"Earthquick_Jeth_2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending