Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ट्रम्पद्वारा ६३ वर्षीया महिलालाई क्षमादान

अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगमा आजीवन कैद सजाय काटिरहेकी एक ६३ वर्षीया हजुरआमा राष्ट्रपतिले क्षमादान गरेपछि रिहा भएकी छन् ।

अलाबामाको पिकेन्स काउन्टीस्थित जेलबाट निस्किँदा एलिस जनसन र उनको पारिवारका सदस्यबीच भावपूर्ण पुनर्मिलनको दृश्य देखिएको थियो । जनसनको रिहाइका लागि टेलिभिजन स्टार किम कार्दाशियन वेष्टले राष्ट्रपतिसमक्ष पहल गरेपछि उनको मुद्दा चर्चामा आएको थियो । गत हप्ता कार्दाशियन वेष्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेकी थिइन् । ह्वाइट हाउसले भनेको छ, जनसन कैदीहरूका लागि उदाहरणीय थिइन् र आफूलाई पुनर्स्थापित गर्न उनले कडा मेहनत गरेकी थिइन् । सन् १९६६ मा कोकिन वितरण समूहको एउटा हिस्सा भएको आरोपमा अन्य १५ जनासहित उनले पनि जेल सजाय पाएकी थिइन् । टेनसीमा उनीहरूमाथि लागुऔषध राखेको र कालोधनलाई सेतो बनाएको आरोप पनि लागेको थियो । ह्वाइट हाउसको विज्ञप्तिमा अगाडि भनिएको छ, अपराधप्रति कडा रवैया अपनाउनुपर्नेमा यो प्रशासनको विश्वास छ। तर जेलमा बस्दा राम्रो गर्न प्रयत्न गर्नेलाई अर्को मौका दिनुपर्छ भन्नेमा पनि हाम्रो विश्वास छ । ट्रम्पले सत्ता सम्हालेयता बाँकी सजाय माफी पाउने एलिस जनसन सातौँ व्यक्ति हुन् । चर्चित व्यक्तित्वले पहलकदमी लिएपछि ट्रम्पबाट बाँकी सजाय माफी भएको चाहिँ यो दोस्रो घटना हो । जनसनलाई माफी दिइएको ह्वाइट हाउसको घोषणा लगत्तै कार्दाशियन वेष्टले प्रेरणादायी भन्दै ट्वीट गरेकी छन् ।  नाटकीय क्षमता भएका ट्रम्पले राष्ट्रपतिले दिने माफीलाई सञ्चारमाध्यममा प्रहसनको विषय जस्तै बनाइदिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending