Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

ट्रम्पद्वारा ६३ वर्षीया महिलालाई क्षमादान

अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगमा आजीवन कैद सजाय काटिरहेकी एक ६३ वर्षीया हजुरआमा राष्ट्रपतिले क्षमादान गरेपछि रिहा भएकी छन् ।

अलाबामाको पिकेन्स काउन्टीस्थित जेलबाट निस्किँदा एलिस जनसन र उनको पारिवारका सदस्यबीच भावपूर्ण पुनर्मिलनको दृश्य देखिएको थियो । जनसनको रिहाइका लागि टेलिभिजन स्टार किम कार्दाशियन वेष्टले राष्ट्रपतिसमक्ष पहल गरेपछि उनको मुद्दा चर्चामा आएको थियो । गत हप्ता कार्दाशियन वेष्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेकी थिइन् । ह्वाइट हाउसले भनेको छ, जनसन कैदीहरूका लागि उदाहरणीय थिइन् र आफूलाई पुनर्स्थापित गर्न उनले कडा मेहनत गरेकी थिइन् । सन् १९६६ मा कोकिन वितरण समूहको एउटा हिस्सा भएको आरोपमा अन्य १५ जनासहित उनले पनि जेल सजाय पाएकी थिइन् । टेनसीमा उनीहरूमाथि लागुऔषध राखेको र कालोधनलाई सेतो बनाएको आरोप पनि लागेको थियो । ह्वाइट हाउसको विज्ञप्तिमा अगाडि भनिएको छ, अपराधप्रति कडा रवैया अपनाउनुपर्नेमा यो प्रशासनको विश्वास छ। तर जेलमा बस्दा राम्रो गर्न प्रयत्न गर्नेलाई अर्को मौका दिनुपर्छ भन्नेमा पनि हाम्रो विश्वास छ । ट्रम्पले सत्ता सम्हालेयता बाँकी सजाय माफी पाउने एलिस जनसन सातौँ व्यक्ति हुन् । चर्चित व्यक्तित्वले पहलकदमी लिएपछि ट्रम्पबाट बाँकी सजाय माफी भएको चाहिँ यो दोस्रो घटना हो । जनसनलाई माफी दिइएको ह्वाइट हाउसको घोषणा लगत्तै कार्दाशियन वेष्टले प्रेरणादायी भन्दै ट्वीट गरेकी छन् ।  नाटकीय क्षमता भएका ट्रम्पले राष्ट्रपतिले दिने माफीलाई सञ्चारमाध्यममा प्रहसनको विषय जस्तै बनाइदिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending