Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

हराईसके कतिपय धानका बीउ

ललितपुर । तीन दशक पहिलेसम्म चितवान जिल्लामा ३१२ जातका धान किसानले रोप्थे । अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् । स्थानीय जात नै लगाउँछु भनेर किसानले खोज्दासमेत पाउने अवस्था छैन । चितवानमा मात्रै होइन देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउँदै हो । तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र हाइब्रिड धानको बीउको प्रयोग बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले जनाएको छ । स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउछन् । पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर धानबालीमा परेको छ । स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो । उनी भन्छन् “तर अहिले अधिकांश ठाउँमा स्थानीय जात लोप नै भइसके ।” महाशाखा अहिले जलवायु परिवर्तनसँग जुध्न सक्ने बीउको विकास गर्नका लागि अध्ययन÷अनुसन्धानमा लागिरहेको छ । रोगसँग लड्न सक्ने स्थानीय जातको बिउ ल्याएर उन्नत जातका रुपमा विकास गर्न सकिने प्राविधिक पराजुली बताउछन् । नेपालमा एउटै जिल्लाको पनि सानो ठाउँमा फरक–फरकखालको हावापानी छ । ती ठाउँपिच्छे पुस्तौँदेखि फरक–फरक जातका धान लगाइँदै आएको थियो । तीमध्ये कुनैमा सुक्खा सहन सक्ने, कुनैमा अगौटे, कुनैमा रोगसँग लड्नेलगायतका गुण छन् । उनी भन्छन्, “स्थानीय जातमा भएको राम्रो गुण ल्याएर उन्नत जातमा विकास गर्न सकिन्छ ।” अहिलेमात्रै नभएर भविष्यमा समेत ठूलो रोगको प्रकोप आउँदा स्थानीय जात उपयोगी हुन सक्थ्यो । स्थानीय जातका तुलनामा उन्नत र हाइब्रिडले बढी उत्पादन दिने भएकाले त्यसको प्रयोग बढेको प्राविधिक पराजुली बताउनुहुन्छ । नार्कले रोगसँग लड्ने क्षमता बढी भएको बीउ अनुसन्धान र विकास गरेर किसानलाई सिफारिस गरिरहेको छ । धानमा सबैभन्दा बढी मरुवा ९ब्राल्ट० रोगले आक्रमण गर्छ । उनी भन्छन्, “हामीले यो रोगसँग लड्ने जातको विकास गर्न अध्ययन गरिरहेका छौँ ।” उन्नत वा हाइब्रिडमा अरुखालका गुणभन्दा पनि किसानले कुनले बढी उत्पादन दिन्छ त्यही छनोट गर्दै आएका छन् । हाइब्रिडले उत्पादन बढी दिने भन्दै किसान महँगो तिरेर पनि हाइब्रिड जातका बीउ रोप्छन् । तराईमा एक÷दुईवटा जातका बीउ विकास भए पनि पहाडका लागि हाइब्रिड धानको बीउ सिफारिस भएको छैन । अरु देशकोे हावापानी अनुकूलका बीउ यहाँको हावापानी र माटोमा अनुकूल नहुँदा कुनै वर्षमा उत्पादन नदिँदा किसान हैरान छन् । प्राविधिक पराजुली भछन्, “किसानले पनि एग्रोभेटका कुराका पछिमात्रै लाग्नुभन्दा राम्ररी बुझेरमात्रै किनेर लगाउनुपर्छ ।” एक वर्ष राम्रो भएको बीउसमेत अर्को वर्षमा नराम्रो हुन सक्छ । नार्कले आयात गरेका बीउमात्रै नभएर स्थानीय जातबाट नै उन्नत जातको विकास गर्न सकिने भन्दै धेरै जातका धानलाई निरन्तरता दिँदै आएको छ । यहाँ भइरहेका जातबाट पहाडी क्षेत्रको मौसमलाई सुहाउँदो र उत्पादन बढी दिने बीउ अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सफल नतिजा दिएका बीउ नै नार्कले पहिले किसानको खेतमा पनि परीक्षण गरेर सिफारिस गर्छ । धान नेपालको मुख्य बाली हो । नेपालीले सबैभन्दा बढी खाने अन्न पनि चामल हो । त्यसैले पनि धान रोप्ने महिनालाई किसानले उत्सवका रुपमा ठान्छन् । असारको १५ मा हिलो छ्यापेर मनाउने र दही चिउरा खाने चलन छ । साउन १५ गते चिसो जाओस् भन्दै खीर खाने चलन छ । नेपाली समाजमा धानखेती जीवनशैली र संस्कृतिसँग जोडिएको छ । नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म धान लगाइँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies