Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

कास्कीका किसान तरकारीखेतीतर्फ आकर्षित

\"\"पोखरा। लगभग ४० वर्षकै अन्तरालमा पहिचान नै बनाइसकेका कृषिजन्य उत्पादन दाल, पिडालु र गोलभेँडा छोडेर कास्कीको बाघमारामा यतिखेर लहरेबाली फस्टाएको छ । शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति अनिच्छा बढिरहेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित बाघमारामा भने यतिखेर स्थानीयवासी व्यावसायिक कृषितर्फ निकै आकर्षित देखिएका छन् । व्यावसायिकरुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको शहरका रुपमा घोषणा भइसकेको छ । चार दशकअघि बाघमारामा उत्पादन हुने पिडालु, उखु, दाल कास्कीसहित आसपासका विभिन्न स्थानमा माग हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । तीन दशकपछि पिडालु र दालजन्य वस्तुको उत्पादनमा कमी हुँदै गोलभेँडा खेतीको विस्तार भएको थियो । करीब डेढ दशक अघिसम्म बाघमारा गोलेभेँडाको उत्कृष्ट उत्पादनयोग्य स्थल भए पनि त्यसयता लहरे खेतीको विस्तार भएको अगुवा कृषक केशवराज अधिकारीले बताए । उनका अनुसार यतिखेर दैनिक चार पाँच गाडीसम्म यहाँको तरकारी पोखरामा निर्यात हुने गरेको छ । बाघमारामा व्यावसायिक कृषिको विकास भए पनि राज्यस्तरबाट कृषकलाई कुनै किसिमको राहत तथा सहयोग उपलब्ध हुन नसेको उनको भनाइ छ । “कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुले सही मूल्य पाउन सकेका छैनन्” उनले भने, “दुःख गरेर उब्जाउने कृषकले मूल्य पाएको छैन, उत्पादित समानको उपभोग गर्ने उपभोक्ता पनि ठगिएको छ, बिचौलियाले यसको फाइदा लिएका छन् ।” अर्का कृषक कृष्णप्रसाद आचार्यका अनुसार गोलभेँडाखेती पछि विस्तार भएको लहरे तरकारी खेती र दुग्धजन्य व्यवसाय यहाँको आयआर्जनको महत्वपूर्ण माध्यम बनेको छ । तीनताका बाघमाराको गोलभेँडा कास्की जिल्लामा मात्र नभएर स्याङ्जा, तनहुँका साथै नेपालका प्रमुख शहर बुटवल, काठमाडौँलगायतका स्थानमा निर्यात हुने गरेको उहाँले बताए । “गोलभेँडाको उत्पादनबाटै यहाँका धेरै कृषकले ठूलो आर्थिक प्रगतिसमेत गरे,” उहाँले भन्नुभयो, “डेढ दशक देशव्यापीरुपमा ख्याति कमाएको यहाँको गोलभेँडा २०५५÷५६ सालदेखि भने विस्तारै विस्थापित बन्दै लहरे खेतीतर्फ आकर्षण बढेको हो ।” बाघमारामा व्यावसायिक कृषिकै माध्यमबाट धेरै सर्वसाधारणले आफ्नो जीविकोपार्जन गरिरहेको बेदबहादुर महतले बताए। बाघमारामा उत्पादित घिरौँला, चिचिन्डा, लौका, फर्सी, सिमी, बोडीलगायतका लहरे तरकारी पोखरामा निर्यात हुने गरेको अर्का स्थानीयवासी शालिकराम भण्डारीले बताए । उत्पादित तरकारीलाई ढुवानी गर्न सहज भएका कारण पनि कृषिको व्यावसायिकतातर्फ आकर्षण बढेको उनको भनाइ छ । “कृषकले उत्पादन गरेको लहरे तरकारीले मूल्य भने राम्रो पाउन सकेकोे छैन,” ममता खाजा घर पानी ट्यांकीका सञ्चालकसमेत रहेका भण्डारीले भने, “कृषकले राम्रो मूल्य नपाउने, उपभोक्ताले बढी मूल्य तिर्न बाध्य हुने तर विचौलियाले राम्रो आम्दानी गर्ने अवस्थाको अब अन्त्य गर्नु आवश्यक छ ।” बाघमाराका सिस्ने, ठूलो डहर, तोरी चौर, भगवती चौतारालगायतका स्थान अत्यधिक तरकारी उत्पादन हुने स्थान हुन् । बाघमारामा व्यावसायिक कृषिप्रति बढिरहेको आकर्षणलाई कायमै राख्न राज्यस्तरबाट पनि यसको प्रवद्र्धन र विकास प्राथमिकतामा पर्नुपर्ने सरस्वती टीका माविका शिक्षक राजुप्रसाद पौडेलले बताए । “कृषिप्रति अधिकांश स्थानमा अनिच्छा बढिरहेका अवस्थामा यस क्षेत्रमा व्यावसायिकतातर्फ बढिरहेको आकर्षणलाई निरन्तरता दिन कृषकमैत्री नीति राज्यले तय गर्नुपर्छ,” पौडेलले भने, “सहज बजार व्यवस्थापन, उन्नत जातको बीउबिजनको व्यवस्थापनका साथै कृषकले उत्पादित वस्तुको सही मूल्य पाउने अवस्था तयार गर्नु सरकारको दायित्व हो ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending