Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रोल्पामा अपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

रोल्पा । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे । यसरी आफ्नै ज्वाइँको बञ्चरो प्रहारबाट सोही गाउँपालिका–४ तिखेचुलाका ५२ वर्षीय नरसिंह थापाले अनाहकमा ज्यान गुमाउनु प¥यो । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार मदिरा सेवन गरी छोरीलाई कुटपिट गरेको खबर पाएपछि छोरीको अवस्थाका बारेमा बुझ्न गएका थापालाई आवेसमा आई उनका ज्वाइँ दीपेन्द्र बस्नेतले हत्या गरेका हुन् । अभियुक्त बस्नेतलाई घटनालगत्तै प्रहरीले पाखापानीको जंगलबाट पक्राउ गरी आफ्नो नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालत रोल्पाको आदेशानुसार हाल उनी पुर्पक्षका लागि थुनामा छन् । यसरी पिताको निधन तथा पति कानूनी कठघरामा परेपछि पीडित परिवारमा अझ पीडा थपिएको आफन्तले बताएका छन् । यसैगरी, यही २०७४ चैत १९ गते घरायसी विवादका कारण त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकले बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गरेका थिए । हाल खर्कबहादुर पनि पुर्पक्षका लागि थुनामै छन् । खर्कबहादुरले आफ्नै दाजु पर्ने सोही गाउँपालिकाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी बसन्ती विकको १९ गते साँझ ४ बजे घर नजिकै खेलिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । यसरी काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ भने सिंगो गाउँ नै दुखी एवं विक्षिप्त भएको छ । यसैगरी २०७४ कात्तिक २४ गते रोल्पा नगरपालिकास्थित कोर्चाबाङका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरी २४ वर्षीय पेवावती केसी तथा नातिनी २ वर्षीया दीपा केसी र ६÷७ महिनाकी नेहा केसीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए । बिरामी परेर भेट्न गएका बाबुको हातबाट आफू र आफ्ना दुई नाबालक सन्तानको जीवन निमोठिएपछि उनका श्रीमान् तथा घरपरिवार विचल्लीमा परे । यी सबैजसो घटनामा मर्ने र मार्ने दुवै पक्ष आफन्त परेपछि जिल्लावासीलाई सशंकित बनाउन थालेको छ । क्षणिक आवेशमा आउँदा यसले निम्त्याउने असरका बारेमा नसोची हतारको निर्णयले आफन्तको ज्यान लिनेक्रम बढेपछि रोल्पाली थप चिन्तित बन्न थालेका छन् । प्रनाउ फुयालका अनुसार घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाही हुन्छ, हुनुपर्छ र भइरहेको छ । तर पनि यतिमात्र घटना नियन्त्रणका लागि पर्याप्त नभएको हुँदा यस किसिमका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको खाँचो हुनेमा उनको जोड छ । उनका अनुसार जिल्लामा विभिन्न कारणले गर्दा आत्महत्याका घटना पनि बढिराखेको अवस्था छ । त्यसैले मनोसामाजिक परामर्शमा विशेष जोड दिनुपर्ने देखिन्छ, उनले भने । यस किसिमका घटना नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भएको हुँदा सामाजिक अभियन्ता पनि सक्रियरुपमा लाग्नु पर्ने अधिकारकर्मीको सुझाव छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending