Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दुई वटा क्याम्पसलाई क्युएए प्रमाणपत्र

\"\"नवलपरासी । यसपटक नेपालका थप दुई वटा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन ९क्युएए० प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पस र रुपन्देहीको भैरहवा रहेको भैरहवा बहुमुखी क्याम्पसले प्राप्त गर्न सफल भएका हुन् । साथै यसै वर्ष नेपालका लुम्बिनी वाणिज्य क्याम्पस, कैलाली बहुमुखी क्याम्पस तथा अन्य दुईवटा क्याम्पसले पनि क्युएए नवीकरण पत्र प्राप्त गर्न सफल भएका छन् । विभिन्न चरणको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, शैक्षिक प्रतिफलका सूचक पार गर्दै थप दुई वटा क्याम्पसलाई यसपटक विश्वविद्यालय अनुदान आयोगले यो प्रमाणपत्र दिएको हो । क्युएए प्रमाणपत्र गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ । अब चिसापानी बहुमुखी क्याम्पसलाई विभिन्न चरणमा रु १२ लाख नगदसहित अन्य निकायबाट सहयोग प्राप्त हुने उक्त क्याम्पसका प्रमुख विष्णु लम्सालले बताए । विसं २०६९ साउन २१ गते आयोगमा दर्ता गरिएको निवेदनअनुसार क्युएए प्रमाणपत्र भएको उपलब्धिलाई थप परिस्कृत गर्ने र आगामी वर्षमा अझै थप मापदण्ड पूरा गर्दै जाने योजना रहेको उहाँको भनाइ थियो । क्युएए प्रमाणपत्र प्राप्त गर्नका लागि क्याम्पसको गुणस्तरीय अवस्थालाई पूर्ण प्रभावकारी बनाएरमात्र विश्वविद्यालय अनुदान आयोगमा निवेदन दर्ता गराउनुपर्ने हुन्छ । नेपालमा हाल सामुदायिक र प्राइभेट गरी एक हजार १६६, आङ्गीक ६०, गरी कूल एक हजार २२६ वटा क्याम्पस भएकामा २१ वटा क्याम्पसले मात्र हालसम्म यो प्रमाणपत्र पाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy