Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

दुई महिनापछि चिनी मिल सञ्चालन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि आजदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भएपछि उक्त मिल सञ्चालन\"\"मा आएको हो । मिलले करीब रु दुई अर्ब भुक्तानी गर्न बाँकी राखेपछि किसानले सो मिलमा तालाबन्दी गर्दैआएका थिए । सोमबार जिल्ला प्रशासन कार्यालय, उखु उत्पादन कृषक संघ र चिनी मिलबीच सहमति भएपछि मिल सञ्चालनमा आएको हो । सो मिलले महोत्तरी, धनुषा र सर्लाहीका किसानको रु एक अर्ब ७८ करोड भुक्तानी दिन बाँकी छ । मिलले आउँदो साउन मसान्तसम्ममा किसानलाई रु ६० करोड भुक्तानी दिने सहमति गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भूप्रसाद यादव, चिनी मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसिया, उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहा तथा सरोकारवालाबीच किसानलाई भुक्तानी उपलब्ध गराउन सहमति भएको हो । किसानको भुक्तानीका लागि तालिका सार्वजनिक गर्ने र कुनै समस्या आएमा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्न सहमति भएको छ । प्रशासकीय अधिकृत सुमितकुमार ठाकुरको संयोजकत्वमा चिनी मिलका वित्त प्रबन्धक विमलचन्द्र ठाकुर र उखु उत्पादन कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले १५–१५ दिनमा चिनी मिलको उत्पादनको अनुगमन गर्ने, असार १४ गते किसानको भुक्तानी तालिका सार्वजनिक गर्ने र भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानीका लागि पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending