Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सिमीकोटको बजेट ३४ करोड २२ लाख

हुम्ला। सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ । मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २२ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गरे जसमा रु एक करोड एक लाख ११ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको छ । गाउँपालिकाले विद्यालय र सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । सिमीकोटदेखि धारापानीसम्म सडक निर्माणको लागि रु ९१ लाख बजेट छुट्याइएको छ । प्रत्येक वडामा सडक, रोजगार र एक घर एक बिरुवाको अवधारणा पनि ल्याइएको छ । उक्त गाउँसभा सिमिकोट गाउँसभाका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षतामा सञ्चालन भएको थियो । अन्तर्राष्ट्रिय लागूपदार्थविरुद्धको दिवस यसैबीच, जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । सदरमुकाम सिमीकोट बजारमा लागूपदार्थ विरोधी नारासहितको ¥यालीमा राजनीतिक दल, स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी, निजामती कर्मचारी, विद्यालयका शिक्षक, व्यापारीसमेतको उपस्थिति रहेको थियो । प्रजिअ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मंगलबारदेखि कसैले पनि लागूपदार्थ सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending