Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

प्रधानमन्त्रीको बचन पुरा गर्न एक जोडी गैँडा चीनलाई उपहार

\"\"चितवन। नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैँडा पठाउने तयारी गरिएको छ । गैँडा पठाउनका लागि खोर निर्माण भइसकेको छ । खोरको बाहिरी भागमा फलाम र भित्री भागमा काठको फल्याक राखिएको छ । चिनियाँ टोलीले काठलाई सिजनिङ गर्नुपर्ने जनाएपछि त्यसको तयारी गरिएको छ । गैँडा लैजानका लागि तीन मिटर लम्बाइ, एक दशमलब नौ मिटर उचाइ र एक दशमलब ४५ मिटर चौडाइका चारवटा खोर बनाइएका छन् । नट कसिएको हुँदा खोर भत्काएर काठलाई सिजनिङ गर्न सकिनेछ । चीनको साइटिस म्यानेजमेन्ट अथोरेटीका सहायक निर्देशक लिउ टिवाङ्को नेतृत्वको टोली यहाँ आइपुगेको हो । टोलीले सौराहामा पिट बुमामा राखिएको गैँडाको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिँदैछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार टोलीले लैजाने तयारीमा राखिएको गैँडाको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिए सँगै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चीन लैजान बुमामा राखिएका गैँडालाई कसरी प्रभावकारी ढङ्गबाट लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल गरिँदैछ । ती गैँडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते भएको चीन भ्रमणको बेला पठाउने तयारी गरिएको भए पनि चिनियाँ टोलीको तयारीको अभावमा पठाउन सकिएको थिएन । अर्को एक जोडीको नामाकरण गरिएको छैन । नामाकरण गरिएका गैँडालाई असार २८ गते र अर्को एक जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाउने तयारी गरिएको हो । दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिएका थिए । सोही अनुरुप अहिले गैँडा पठाउन लागिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending