Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

रघुगंगा नदीमा झलुङ्गे पुल निर्माण

\"\"म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कस्थित रघुगंगा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रु २९ लाख ९२ हजारको लागतमा निर्माण भएको ६३ मिटर लामो झोलुङ्गे पुलबाट कुइनेमंगलेका चौरखानी, मंगलेखानी, खरिबोट, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी गाउँका १६९ घरधुरीका एक हजार जना लाभान्वित भएका छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को रु २५ लाख ५९ हजार, गाउँपालिकाको रु एक लाख ८६, ६० हजार ५०० श्रमदान, टिबीएसयुको रु एक लाख ९२ हजारको लठ्ठा र बु्रल्डअफ ग्रिप सहयोगमा पुल निर्माण भएको उपभोक्ता समितिका सचिव अगेन्द्र छन्त्यालले जानकारी दिए । मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको पुलको शुक्रबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुहँुदै पुलले आवतजावतमा सहज बनाएको बताए । लक्ष्यअघि नै भवन निर्माण मालिका गाउँपालिका–४ च्युरिबोटस्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा सञ्चालित भवन निर्माण योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको हो । १५ महिनामा भवन बनाउने सम्झौता भए पनि १२ महिनामा भवन बनाएको वडाध्यक्ष दिलीपकुमार शेरचनले बताए। पूर्वाधार योजना ढिलासुस्तीले थला परेको अवस्थामा भवन बनाउने ठेक्का लिएको गाल्वा जयलक्ष्मी जेभिले इच्छाशक्ति, समन्वय, समुदायको सहयोग र सक्रियता भएमा ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको अध्यक्ष शेरचनले बताए । १७ श्यया क्षमत्ताको पूर्वाधार सहितको दुई तले भवन निर्माण कार्य विसं २०७४ साउनमा शुरु भएको थियो । रु एक करोड २६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले प्रक्रिया पूरा गरेर भवन डिभिजनमार्फत स्वास्थ्य चौकीलाई भवन हस्तान्तरणको तयारी गरेको बताए । कार्ययोजना तयार पारेर पर्याप्त मजदुर, निर्माण सामग्री जुटाएर काम गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको व्यवसायी श्रेष्ठले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending