Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

रुसबारे एक दिनमै किन बोली फेरे ट्रम्पले ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन् । एक दिनअघि त्यो मान्न उनी तयार थिएनन् ।

सोमवार प्रस्ट रुपमा आफ्ना कुरा राख्न नसकेको उल्लेख गर्दै ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको बताए । फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले दिएको अभिव्यक्तिको अमेरिकी नेताहरूबाट चर्को आलोचना भएको थियो । यहाँसम्म कि ट्रम्पकै केही साझेदारहरूले आफ्नो अडानबारे स्पष्ट पार्न उनलाई आग्रह गरे । पछिल्लो अभिव्यक्तिमा चाहिँ ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूप्रति आफ्नो \'पूर्ण विश्वास र समर्थन\' रहेको बताएका छन् । पुटिनसँगको भेटवार्तापछि सोमवार आयोजित एउटा संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले एउटा प्रश्नको जवाफ दिएपछि विवाद शुरू भएको थियो । ह्वाइट हाउसले सो पत्रकार सम्मेलनमा गरिएको एउटा सवालजवाफको अंश राखेको छ । पत्रकारः राष्ट्रपति पुटिनले सन् २०१६ को चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । रुसले हस्तक्षेप गरेको सबै अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ । मेरो पहिलो प्रश्न- तपाईँलाई चाहिँ कसले हस्तक्षेप गरे जस्तो लाग्छ ? ट्रम्पः धेरै मानिसहरू म कहाँ आउँछन्, उनीहरू भन्छन् रुसले त्यो गरेको हुनुपर्छ । मसँग राष्ट्रपति पुटिन हुनुहुन्छ । उहाँले रुसले त्यसो नगरेको भन्नुभयो । म यसो भन्छुः रुसले त्यसो गर्नुपर्ने कुनै कारण म देख्दिनँ । अहिले आएर आफ्नो भाषण हेरेको र त्यसबारे प्रस्ट पार्नुपर्ने आफूले महसुस गरेको ट्रम्पले बताएका छन् । उनले भने, \"मेरो अभिव्यक्तिको एउटा वाक्य यस्तो हुनुपर्थ्योः म किन कुनै कारण देख्दिनँ र? अथवा रुस किन हुनसक्दैन ।\" ट्रम्पले अगाडि थपे, \"रुसले सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको भन्ने हाम्रा गुप्तचर निकायहरूको निष्कर्षलाई म स्वीकार गर्दछु। अरु मानिस पनि हुनसक्छन् । त्यहाँभन्दा बाहिरका थुप्रै मानिस पनि हुनसक्छन् ।\" सोमवारको भेटवार्तापछि पुटिनले अमेरिकी राष्ट्रपतीय चुनावलाई आफ्नो देशले प्रभावित पारेको भन्ने केही मानिसहरूको सोचाइ \'पूर्णतः हास्यास्पद\' भएको बताएका थिए । अमेरिकाको फक्स न्यूज च्यानलसँगको एउटा अन्तर्वार्तामा पुटिनले अमेरिका-रुस सम्बन्धलाई अमेरिकाको आन्तरिक राजनीतिक संघर्षको बन्धक बनाउन नहुने टिप्पणी गरे । हेलसिन्कीमा भएको भेटवार्तालाई ट्रम्प र पुटिन दुवैले सफल भनेका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending