जेष्ठ ८ गते, २०७२ शुक्रवार 22nd May, 2015 Fri०७:४३:४२ मा प्रकाशित
काठमाडौं, ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे ।
भूगर्भविदहरूले नै भूकम्प आउने(नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ता क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्यवाणी गरेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो।
वैशाख १२ को भूकम्पपछि निरन्तर आइरहेको धक्काका कारण त्रसित सर्वसाधारणमा अफवाह फैलाएर अनाहक थप त्रास बढाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर उनलाई टेकु कार्यालय पुर्यायो ।
चार घन्टा प्रहरी नियन्त्रणमा रहेपछि उनले आफ्नो आसय बंग्याएर अरूले नै अफवाह फैलाएको बयान दिएपछि उनी हाजिर जमानीमा रिहा भएका छन् ।
ज्योतिष लोहनी मात्र होइन, भूकम्पसम्बन्धी भविष्यवाणी गरेर सर्वसाधारणमा डरत्रास फैलाउने र सामान्यतर्फ उन्मुख जनजीवन फेरि अस्तव्यस्त पार्न खोज्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । कुन क्षेत्रमा भूकम्पको जोखिम कति बढी छ भन्नेसम्मको जानकारी भूगर्भविदहरूले दिन सक्छन् ।
तर, कुन ठाउँमा, कहिले र कति शक्तिशाली भुइँचालो जाँदैछ भनेर पूर्वानुमान गर्ने सामथ्र्य आधुनिक विज्ञानसँग छैन । जापानजस्तो विकसित र सर्वाधिक भुइँचालो गइरहने देशले पनि कम्पन कहिले सुरु हुन्छ भनी उद्घोष गर्न सक्दैन ।
वैज्ञानिक रूपमा पूर्वानुमान गर्नै नसकिने यस्तो विषयमा पनि केही व्यक्तिले ज्योतिषशास्त्रको हवाला दिँदै त कसैले नासालगायत अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थालाई उद्धृतसमेत गर्दै भुइँचालोसम्बन्धी उढन्ते कुरा फैलाउन थालेका छन् ।
वैशाख २९ को शक्तिशाली धक्कापछि यस्तो उढन्ते कुरा फैलाएर सर्वसाधारणलाई त्रसित पार्ने प्रवृत्ति बढेको छ । कसैले अफवाह फैलाउन एसएमएसको सहारासमेत लिएका छन् । यो क्रम जारी रहे जनजीवन कहिल्यै सामान्य हुन नसक्ने देखेपछि प्रहरीले त्यस्ता भविष्यवक्ताहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन थालेका हुन् ।
यही क्रममा आफ्नो फेसबुक पेजमा भूकम्पबारे भविष्यवाणी गर्ने सुनिल सिटौला प्रहरी फन्दामा परेका छन् । उनले पनि प्रहरी नियन्त्रणमा पुगेपछि आफ्नो दाबी सच्याएका थिए । उनले आफूले भविष्यवाणी नगरी अनुमान मात्र गरेको प्रस्टीकरण दिएपछि प्रहरीले हाजिर जमानीमा छाडेको छ । उनको गतिविधिमा भने निरन्तर निगरानी गरिरहेको प्रहरी स्रोतले बतायो ।
महाशाखा प्रमुख पुष्कर कार्कीले एसएमएस, सामाजिक सञ्जाल, अनलाइन, ब्लग र अन्य सञ्चार माध्यममार्फत भूकम्पसम्बन्धी अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेविरुद्ध अनुगमन गरिरहेको बताएका छन् । ‘अफवाह फैलाएर जनतालाई त्रसित बनाउनेहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ,’ उनले बिहीबार भने, \'आइन्दा यस्तो खालको भविष्यवाणी नगर्ने भन्दै माफी मागेपछि हाजिर जमानीमा छाडेका छौं ।’ यस्तो गतिविधि निगरानीका लागि प्रहरी टोली नै बनेको उनले बताए ।
टोलीले हालसम्म लोहनी र सिटौलासहित २३ जनालाई पक्राउ गरिसकेको छ । तीमध्ये १९ जनाले चेतावनीपछि आफ्ना सामग्री सच्याएका छन् । उनीहरूलाई हाजिर जमानीमा छाडिएको छ । चार जना प्रहरी हिरासतमै छन् । यसमा भूकम्पसम्बन्धी भविष्यवाणी गर्ने अनलाइनहरू पनि छन् ।
ज्वालामुखी आउने भन्दै समाचार सम्प्रेषण गर्ने पोखरापोस्ट डटकमले चेतावनीपछि उक्त सामग्री हटाएको थियो । ठूलो भूकम्प आउनसक्ने भन्दै समाचार प्रसारण गरेको खसोखस डटकमका सञ्चालकले प्रहरीसमक्ष माफी मागेर उक्त सामग्री हटाएका थिए ।
उनीहरूले समाचार सच्याउने र निराधार सामग्री नराख्ने कबुल गरेपछि हाजिर जमानीमा छाडेको महाशाखाका डिएसपी रमेश थापाले बताए । उनका अनुसार १९९० सालको भन्दा ३० गुणा ठूलो भूकम्प आउने भन्दै समाचार राख्ने एस्सप्रेसन्युजका सञ्चालक गजेन्द्र भट्टराई र सम्पादक चन्द्र सापकोटा प्रहरी हिरासतमै छन् । आजको नागरिक दैनिकमा खबर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: