टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले, एकजना अमेरिकी पास्टरलाई हिरासतमा राखिएको सम्बन्धमा अमेरिकाले धम्कीहरू दिदैँ \'टर्कीलाई घुँडा टेकाउन खोजेको\' आरोप लगाएका छन् ।
आतंकवादको अभियोगमा नियन्त्रणमा राखिएका पास्टर एन्ड्रु ब्रन्सनलाई रिहा गर्नुपर्ने माग वासिङ्गटनले राख्दै आएको छ । दुई देशबीचको कूटनीतिक विवादले टर्कीको मुद्रा लिराको मूल्यमा गिरावट आएको छ । शुक्रवार लिराको मूल्य अमेरिकी डलरको तुलनामा झण्डै १६ प्रतिशतले घट्न पुग्यो । अमेरिकी राष्ट्रपति ट्रम्पले, अहिले अमेरिकाको टर्कीसँगको सम्बन्ध राम्रो नभएको भन्दै टर्कीबाट गरिने स्टील तथा एलूमिनियम आयातमा दोब्बर कर लगाइने घोषणा गरेका छन् । अमेरिकाले उसको व्यवहारमा परिवर्तन नगरेसम्म टर्कीले नयाँ साझेदारहरूको खोजी गर्ने एर्दोआनले बताएका छन् । प्रतिबन्धित कुर्दिस्तान वर्कस पार्टी तथा सन् २०१६ मा भएको असफल सत्तापलटको प्रयासका लागि जिम्मेदार रहेका भनिएका इस्लामिक धर्मगुरु फेतुल्लाह गुलेनसँग सम्बन्ध रहेको आरोपमा पास्टर ब्रन्सन पक्राउ परेका थिए । उनी झण्डै दुई वर्षदेखि टर्कीको हिरासतमा छन् । तर त्यो बाहेक दुई नेटो सदस्य राष्ट्रहरूबीच फाटो ल्याउने अन्य कारण पनि छन् । सिरियासम्बन्धी नीति तथा एर्दोआनको रुससँगको बढ्दो सम्बन्धले पनि दुई देशबीच विभाजन निम्तिएको देखिन्छ । अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्समा लेख्दै एर्दोआनले \'अमेरिकाले बारम्बार टर्कीका जनताको चासोलाई बुझ्न र सम्मान गर्न असफल भएको\' टिप्पणी गरेका छन् । दशकौँदेखि दुई देश साझेदार भएपनि अब टर्कीसँग विकल्पहरू रहेको एर्दोआनको भनाइ छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: