Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

असम्भव छ- उनी मर्नु !

उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु उनी ती तनहरुमा बाँचेका छन् उनी ती मनहरुमा बाँचेका छन् उनी ती आस्थाहरुमा बाँचेका छन् अजर छन्- उनी अमर छन्- उनी र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनले छरेका बीजहरु उनले सरेका बेर्नाहरु उनले सुमसुम्याएका कोपिलाहरु फक्रँदैछन् आज फुल्दैछन् आज फल्दैछन आज र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनी बाँचेकाे आकाश उस्तै छ उनी हाँसेकाे चन्द्रमा उस्तै छ उनी नाचेकाे आँगन उस्तै छ उस्तै छन्- उनले अधुरै छाडेका अजय सपनाहरु उस्तै छन्- उनका आस्थाहरु उस्तै छन्- उनका विचारहरु सादाबहार छन् जिउँदा छन् सग्ला छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनले जन्माएका उदाउँदै गरेका विद्रोही घाम-जून देख्दैछु, झन् ज्यादा चम्कँदैछन्- आज सपनामा उनका- आफ्नै स्वप्न देख्नेहरु आस्थामा उनका- आफ्नो आस्था गाँस्नेहरु विश्वासमा उनका- आफ्ना विश्वास रोप्नेहरु देख्दैछु उनकै घाम-जून वरिपरि झुम्मिएका छन् रमाएका छन् हाँसेका छन् नाँचेका छन् बाँचेका छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनले छापेका गल्लीहरुमा उनले नापेका गोरेटाहरुमा उनले सम्याएका सडकहरुमा देख्दैछु आज हजारौँ आस्थालुहरु हजारौँ क्रान्तिकारीहरु हजारौँ विद्रोहीहरु हजारौँ परिवर्तनकामी जनहरु एउटै रङ्गमा एउटै जङ्गमा लामबद्ध भई उभिएका छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनी कतै \'कृष्ण\' भएर बाँचेका छन् कतै \'सेन\' भएर बाँचेका छन् कतै \'इच्छुक\' भएर बाँचेका छन् कतै चट्टान झैँ बाँचेका छन् कतै बम-बारुद झैँ बाँचेका छन् कतै आँधी त कतै सुनामी झैँ बाँचेका छन् उनी कणकणमा बाँचेका छन् थोपाथोपामा बाँचेका छन् झोंकाझोंकामा बाँचेका छन् मनमनमा बाँचेका छन् उनी सर्वत्र बाँचेका छन् उनी सर्वज्ञ बाँचेका छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   २०६७-०२-१३ (याम्बु)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE