Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गोप्से डाँडालाई सिरान बनाएर निदाउँदैन लाप्राक बस्ती

लाप्राक, मनास्लु र बौद्ध हिमालको सुन्दरतालाई फेदिबाट पहरा दिइरहेको लाप्राक बस्ती अचेल कुनै रात आरामले निदाउँदैन । वैशाख १२ गते शनिबारको विनाशकारी भूकम्पले चारसय घरबस्तीलाई पलभरैमा सखाप बनाए पछि गाउँको सिरानमा रहेको गोप्से डाँडामा अस्थाई साहारा लिइरहेका लाप्राकबासीहरु ‘कतिखेर सिरानमै पहिरो जाने हो’ र, ‘भत्किएका घरहरु सँगै ढुँगा र माटोमा आफु पनि मिसिनु पर्ने हो’ भन्ने चिन्ताले झस्किरहन्छन् । शनिबार गएकोे भूकम्पको पहिलो धक्काले बस्तीका घरहरु भत्काएर ढुँगाको चाङमात्रै लगाएन भग्नावशेषमै करिब २० जनाको ज्यान समेत लियो । मृतक २४ जना मध्ये बाँकी चार जनालाई गोप्से डाँडा पारी पट्टीको भिरमा वस्तुभाउको गोठालो गइरहेका बेला भूकम्पको धक्काले झरेको पहिरोमा परि ज्यान गयो । सयौँ मानिस घाइते छन् भने अझै कतिको अवस्था गम्भिर छ । \"Laprak७.८ म्याग्नेच्युडको भूकम्पले फाटेको जमिनमा त्यसपछिका साना ठूला पराकम्पले धर्ती पुरै चर्किएको छ । सुख्खायाम नै हुँदा पनि दिन रात ठाउँ–ठाउँमा पहिरो गइरहेको दृश्य अहिले पनि देख्न सकिन्छ । वर्षायाम सुरु भएर ठूलो पानी पर्यो भने फाटेको जमिन गलेर ठूलै विनाशकारी पहिरो जान सक्ने सम्भावना टारेर टार्न सकिने छैन । चारैतिर अग्ला–अग्ला पहाडहरुले घेरिएर भिरालो फाँटमा बनेको लाप्राक बस्ती भूकम्पको कम्पनले चिराचिरा बनेपछि कतिखेर पहिरो जाने हो भन्ने कुराको ठेगान नै छैन । भिरालोको बस्तीमात्रै होइन ठूला–ठूला भिरहरुका सिरानमा बनेका सबै अग्ला डाँडाहरु पनि चिरा परेर पहिरो जान ठिक्क परेर बसेका जस्ता देखिन्छन् । \"Laprakभूगर्भविद् र यसका जानकारहरुले लाप्राकमा बस्ती बसाउन लायक छैन भनिरहेका छन् । यता राज्य भने ‘बस्ती बस्न लायक नभएर अन्तै सार्ने हो या त्यतै व्यवस्थापन गर्ने हो’ भन्ने कुराको निर्णय दिन सकिरहेको छैन । जसले गर्दा लाप्राकबासी झनै दुविधाको भूमरीमा परेका छन् । केही वर्षअघि आएको पहिरोले मसानघाट बनाएको उक्त बस्तीका बासिन्दाले पुरानै पिडाबाट तंग्रिन नपाउँदै अकल्पनीय विपत्ती भूकम्पको सिकार हुनु परेपछि ‘अब के गर्ने’ भनेर सोच्नसम्म सकेका छैनन् । के गर्ने सोचेका छन् त लाप्राकबासीले ? ‘खै ! थाहा छैन, अहिले त गोप्सेमा नै बस्नुपर्यो । भोली पर्सी के गर्ने हो ’ पिठ्युँको डोकोमाथि चार वर्षीय छोरो बोकेर भत्केको घरको भग्नावशेष तिर झर्दै गरेकी राममाया गुरुङ सोचमग्न बन्छिन् । राममाय मात्रै होइन उनीसँगै डोको बोकेर भत्किएको घरबाट सामान झिक्न जान लागेकी अरु महिलाको पनि दुविधा उस्तै छ । राज्यले बस्तीलाई त्यहाँबाट अन्तै सार्ने  भन्ने हल्ला चलिरहँदा लाप्राकबासीहरु भने त्यसमा सन्तुष्ट छैनन् । र बोलेकै भरमा राज्यले त्यस्तो व्यवस्था गरिहाल्ला भन्ने कुरामा ढुक्क हुन पनि सकिरहेका छैनन् । गुरुङ, घले, विश्वकर्मा र सुनार जातिका मानिसहरुको बसोबास रहेको लाप्राकका बासिन्दाहरु ‘जहाँ गएपनि सँगै जानु परे हुन्थ्यो’ या त ‘यतै सबै सँगै बस्न पाए हुने थियो’ भन्ने अपेक्षा गरिरहेका छन् । \"Laprakवर्षौंदेखि पूर्खाहरुले कमाईरहको जग्गा–जमिन चटक्कै छोडेर कतै जाने मनस्थितीमा नभएका उनीहरु लाप्राकमै जीवन बिताउन पनि सम्भव देखिरहेका छैनन् । ‘पुरानो खेतबारी, वस्तुभाउ, भेडा बाख्रा र यत्तिका खच्चरहरु छन्, छोडेर कहाँ जाने हो ? सँगै लान पनि सकिँदैन,’ लाप्राकबाट गोप्सेतिर खच्चर चराउन लिइरहेका शेरबहादुर घलेले चिन्ता व्यक्त गरे – ‘तर पूरै बस्ती चिरा परेको छ यता बस्न पनि सकिँदैन होला’। खेतबारीमा काम गुर्नको विकल्प नभएका लाप्राक बासीहरुको बिहान खाना खाएर सबै काममा गएको बेला भएर मात्रै गएको भूकम्पमा भौतिक र आर्थिक क्षति धेरै भएपनि मानवीय क्षति भने धेरै हुन पाएन । अब पनि चिरा परेको धर्ती र भत्किएका घरका भग्नावशेषमा लाप्राक बासीहरुलाई बेवास्ता गरेर छोड्ने हो भने आउने विपद् र त्यसले पुराउने क्षतिलाई कसैले चाहेर पनि रोक्न सक्ने छैन । त्यसैले सम्बन्धित निकायले एक पटक गम्भीर भएर लाप्राक बासीहरुको बारेमा सोची दिने हो कि ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending