भक्तपुर, विगतका वर्षमा जेठ १५ सम्ममा धानका बीउ लहलह गर्ने बेला भइसक्ने भए पनि यस वर्ष बीउको अभावमा किसानलाई खेत बाँझो होला भन्ने चिन्ताले सताउन थालेको छ ।
धान रोप्न जोहो गरेर राखेको धानको बीउ भूकम्पले भत्काएको घरसँगै माटोमा मिलेपछि यस वर्ष यहाँका किसानलाई धानको बीउको हाहाकार नै भएको छ । बीउ नहुँदा रोपाइँ हुने कि नहुने भनेर उनीहरु अलमलमा परेका छन् ।
भक्तपुरको सूर्यमढीका रामकृष्ण प्रजापति खेत खनिसक्ने बेला भए पनि केही गर्न नपाएको बताए । उनले भने – \'भत्किएको घरले पुरिनाले बीउ नै छैन, भूकम्पको पीडाले खेतमा जानै मन छैन, खै कसरी रोप्नु धान ।\'
सिपाडोलका अनुप कासुलाको गुनासो पनि उस्तै नै छ । रोप्नका लागि तयारी राखेको खेत बीउ पुरिएपछि बाँझै छ । बीउ नहुँदा खेत खन्नसमेत नगएको उनले बताए । भक्तपुरका किसानले एक रोपनी क्षेत्रफलमा धान रोप्न एक पाथी बीउ राख्ने गर्छन् ।
ग्रामीण क्षेत्रको कुलो लाग्ने र खोला नजिकका खेतमा जेठ १५ सम्म रोपाइँ नै सक्ने गरे पनि यस वर्ष बीउ हुनेहरु भर्खरै राख्ने तयारीमा जुटेका छन् भने कतिपय किसान बीउ खोज्न दौडधुप गर्न थालेका छन् ।
ताथली सौडोलकी शारदा गिरीको चिन्ता पनि उस्तै छ । गत वर्ष रोपिसक्ने खेतका लागि यस वर्ष बीउसमेत राख्न नपाएको उनले बताए । गिरी भन्छन् – \'विगतमा जेठ १५ सम्म त कुलो लाग्ने खेतमा रोपाइँको चटारै हुन्थ्यो, रोपाइँ सकेर असारमा टार खेत रोप्ने तयारी गरिन्थ्यो, यस वर्ष न बीउ राख्न पाइयो, न त खेत खन्न नै, वर्षदिन परिवारलाई कसरी पाल्नु ।\'धानको बीउ अभावले एकातिर किसानलाई मर्का परेको छ । बजारमा समेत राम्रो धानको बीउ नपाउँदा थप समस्या भएको छ । बिगतको बीउ रोप्दा बाला सुक्ने रोग लागेर उत्पादन नै नभएपछि यहाँका किसान बजारमा पाइने बीउप्रति विश्वाससमेत गर्न छाडेका छन् ।
सरकारले भूकम्पपीडित किसानलाई धानको बीउ समयमै उपलब्ध गराइदिए हुन्थ्यो भन्ने आशामा बसेका छन् भक्तपुरका किसान । अब बीउ राख्न १० दिन मात्रै ढिला भए पनि उत्पादन राम्रो नहुने उनीहरुको भनाइ छ । कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई बीउ वितरण गर्ने तयारीमा रहेको जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: