Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्प पीडितका लागि अमेरिकाकाे टेक्सासमा बस्ने नेपालीहरुको ४ करोड सहयोग

काठमाडौं, १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिका साना ठूला पराकम्पनहरुले ठूलो जनधनको क्षति पुर्यायो । विनाशकारी भूकम्पले अति प्रभावित जिल्लाका पीडितहरुका लागि सहयोगी र मनकारी हातहरु अघि सरिरहेको छ । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपालीहरुले नेपालका भूकम्प पीडिहरुका लागि करिब ४ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् । टेक्सासको डलास सहरमा रहेका नेपालीहरुको संगठन नेपाली समाज मार्फत सो रकम बराबरको राहत वितरण गरिएको हो । संकटग्रस्त सबैजसो जिल्लामा पुगेर नेपाली समाजका प्रतिनिधिहरुले पीडितहरुलाई खाद्यन्न, त्रिपाल, स्लिपिङ ब्याग, औषधि, म्याट्रेस आदि वितरण गरेका छन् । नेपालमा भूकम्प जाँदा अमेरिकामा रात थियो । भोलिपल्ट बिहानदेखि नेपालीहरुले नै बनाएको मन्दिरमा स्वतस्फूर्तरुपमा नेपालीहरु जम्मा भए । नेपालीबाहेक अन्य समुदायका मानिसहरुले पनि सहयोग गरेको समाजका सदस्य कृष्ण लामिछानेले बताए । भूकम्प गएल गत्तै सक्रिय भएका टेक्सासबासी नेपालीहरुले समाजको आह्वानमा नगद अनुदान, औषधी तथा अन्य राहत सामाग्री सहयोग गरे । राजधानी काठमाडौ सहित अन्य जिल्लाहरु भूकम्पका कारण क्षत–विक्षत हँुदै गर्दा काठमाडौबाट ठूलो संख्यामा मानिसहरु सुरक्षित बसोबासको खोजीमा काठमाडौ बाहिरिंदै गर्दा अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका नेपालीहरुको एउटा समूह भने आफ्नो सुरक्षाको प्रवाह नगरी नेपाल आएको समाजका उपसभापति बाल जोशीले बताए । पहिलो समुहमा १७ जना र दोस्रो समुहमा ५ जना रहेको उक्त समूहमा चिकित्सक, नर्स, इन्जिनियर, नेपाली मुलका अमेरिकी सेना तथा अन्य स्वयंसेवकहरु छन् । नेपाल आउनका लागि लाग्ने हवाई खर्च देखि अन्य सम्पूर्ण खर्च सबै स्वयंसेवकहरुले आफैं व्यहोरेका छन् । राहतका लागि उठाइएको कुनैपनि रकम स्वयंसेवकको लागि खर्च नगरिएको उपसभपति जोशीले जानकारी दिए । राहतको कार्यक्रम पछि पुननिर्माणमा पनि नेपाली समाजले सहयोग गर्ने योजना बनाएको छ । यसका लागि अमेरिका फर्केपछि छलफल हुने बताईएको छ । डलास सहरमा करिब ३० हजार नेपालीहरु बसोबास गर्छन् । उनीहरुले आफ्नै खर्चमा मन्दिर निर्माण गरेका छन् । नेपालीहरुको एकता र विपद्मा सहयोग गर्ने तत्परताका कारण डलासका नेपालीहरुमाथि अन्य समुदायको विश्वास पनि बलियो रहेको नेपाली समाजले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending