Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

यसरी गुम्दैछ क्रिकेटमा १० करोड

काठमाडौं,  (नेपाल क्रिकेट संघ (क्यान) को वर्तमान नेतृत्वको नालायकीपनका कारण नेपाली क्रिकेटले झन्डै १० करोड रुपैयाँ गुमाउने सम्भावना बढेको छ। आजको नागरिक दैनिकमा खबर छ–क्यानको कार्यशैली सन्तोषजनक नभएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी( र एसियाली क्रिकेट परिषद (एसिसी) बाट विभिन्न शीर्षकमा दिने रकम रोक्का गरेको छ। एसिसीले एसिया कपको अनुदानबाट दिनुपर्ने ४ करोड ७४ लाख रुपैयाँ पनि क्यानको कमजोरीका कारण उपलब्ध गराएको छैन। वैशाख १२ को विनाशकारी भूकम्पपछि बसेको एसिसी बैठकले एसिया कप ग्रान्डको रकम दिने निर्णय पनि गरिसकेको थियो, तर क्यानकै लापरबाहीका कारण त्यो रकम पनि प्राप्त हुन नसकेको क्यान स्रोत बताउँछ। कार्यशैली, कार्यालय सञ्चालन लगायत काम कारबाहीमा आइसिसीको स्पष्ट निर्देशन पालना नगरेका कारण नेपालले ठूलो सहयोग रकम गुमाउन लागेको क्यानका एक पदाधिकारीले बताए। सन् २०१२ र २०१३ को आर्थिक प्रतिवेदन समयमा बुझाउन नसकेका कारण नेपाललाई आइसिसीले गत वर्ष ८४ हजार अमेरिकी डलर जरिवाना गरेको थियो। त्यति ठूलो रकम जरिवाना परेको वर्ष दिन नाघ्दा पनि कार्यशैलीमा कुनै परिवर्तन नआएपछि क्यानसँग क्रिकेटका अन्तर्राष्ट्रिय संस्थाहरू सन्तुष्ट छैनन्। एसिया कपको अनुदान मात्र होइन एसिसीले वार्षिक रूपमा दिँदै आएको १ करोड ९० लाखमध्ये आंशिक रकममात्र खर्च गरेको छ। ती पदाधिकारीले भने, ‘त्यो पैसा पनि क्यानमार्फत नभई सिधै सम्बन्धित कार्यक्रम वा प्रतियोगितामा खर्च भएको छ। त्यसको बाँकी रकम पनि क्यानले पाएको छैन।ु आइसिसीले त्रैमासिक रूपमा उपलब्ध गराउने झन्डै ४ करोड रुपैयाँ पनि रोकिएको छ। गत वर्षसम्म एक त्रैमासिकमा ८४ हजार अमेरिकी डलर दिने आइसिसीले यो वर्षबाट अनुदान रकम बढाएको थियो। तर, त्यसको फाइदा पनि नेपाली क्रिकेटले उठाउन सकेको छैन। आइसिसीको स्पष्ट निर्देशन पालना नगर्नु, आन्तरिक विवादमा रुमलिएका कारण क्यानले अन्तर्राष्ट्रिय समुदायको विश्वास गुमाउँदै गएको प्रष्टिएको छ। तीन वर्षअघि निर्वाचित क्यानका १० पदाधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा विचाराधीन छ। कार्यवहाक अध्यक्षको भरमा चलेको क्यान जिम्मेवार रूपमा प्रस्तुत हुन नसकेपछि नेपालले यु–१९ ग्लोबल क्वालिफाएर (यु–१९ विश्व छनोट) को आयोजना अवसर पनि गुमाउने भएको छ। उक्त छनोट अक्टोबरमा गर्नुपर्ने थियो। हरेक वर्ष साधारण सभा गर्नुपर्ने, पूर्णकालीन कार्यालय सञ्चालक हुनुपर्ने, देशभित्रको खेलकुदको सर्वोच्च निकायको मान्यता हुनुपर्ने आइसिसीको स्पष्ट निर्देशन पालन गर्न क्यान चुकेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending