Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सिन्धुपाल्चोकमा नमुना विद्यालय बनाउँदै अखिल (क्रान्तिकारी)

सिन्धुपाल्चोकको साँगाचोकमा रहेको जनजागृती उच्च माविमा बाल विकास केन्द्र, कक्षा १ देखि १२ कक्षा, ९ देखि १२ सम्मको प्राविधिक तथा व्यवसायीक शिक्षा, विशेष शिक्षा र श्रोत केन्द्र तथा त्रिभुवन विश्वविद्यालयको बि.एड. र बि.बि.एस.को कार्यक्रम संञ्चालन भईरहेका छन् । करीब एक हजार विद्यार्थीले अध्यापन गरिरहेका यस साँगाचोककाे विशाल र नमुनायोग्य संरचना विनाशकारी महाभुकम्पले भग्नावशेषमा बदलीएका छन् । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) तिनै भवनका अस्थाई टहरा निर्माणको अभियान जारी छ । कसरी गर्दैछ अखिल (क्रान्तिकारी) ले अस्थाई विद्यालय निर्माणको काम ? प्रचण्डको उद्घाटन एकीकृत ने.क.पा. (माओवादी) का अध्यक्ष क.प्रचण्डले राष्ट्रिय श्रम अभियानको उदघाटन जेठ ८ गते जनजागृती उच्च मा.वि.साँगाचोकबाट  गरे । उक्त कार्यक्रममा पार्टी सचिव बर्षमान पुन ‘अनन्त’ र पार्टी स्थायी समिति सदस्य तथा सिन्धुपाल्चोक २ बाटै निर्वाचित सभासद अग्नी सापकोटा सहभागी थिए । यो विद्यालयमा सभासद सापकोटाले १३ बर्षसम्म प्र.अ.को भुमीकामा काम पनि गरेका थिए । विद्यालयको अस्थायी भवनको निमार्ण पुरा गर्ने जिम्मा अखिल (क्रान्तिकारी) को केन्द्रीय स्वयंसेवक टीमको एउटा टोलीले लियो । टोलीको मुख्य कमाण्ड संयोजक रमेश मल्ल र फिल्ड कमाण्ड रञ्जीत तामाङले गरेका छन । टोलीमा सिटिईभीटि समितिका संयोजक गंगाराम तिमील्सेना, सहसंयोजक दिपक पाण्डे, पुुर्वाञ्चल विश्वविाद्यालय समिति संयोजक गोपाल न्यौपाने, सहसंयोजक उमेश थापा, काठमाडौं विश्वविद्यालय समितिका संयोजक पुरन के सी, विद्यार्थी नेता तथा इन्जीनियर सुवास सापकोटा लगायतको कमाण्डमा ४६ जना विद्यार्थीहरुको सहभागीता रहदै आएको छ । क्रान्तिकारीको असली परिचय विद्यालयले कम्प्युटर ल्याव र अफीस प्रयोजनको लागि दुई कोठाको पक्की ब्लक बनाउन पाए हुने थियो भनेपछि सोही अनुुसार योजना निमार्ण भयो । ‘भुकम्पले क्षतिग्रस्त ट्रस निकाल्ने र त्यसलाई पुरानो अवस्थामा फर्काएर दुई कोठाको स्थायी संरचना बनाउने निष्कर्ष सहित युवा विद्यार्थीको उर्जा र साहस त्यसमा खर्चियौं’ रञ्जीत तामाङले भने । उनका अनुसार विद्यार्थीहरुले आफुलाई जेसीबी मेसीन नै सावीत गरिदिए । ‘जब उच्च जोखीमको बीचमा ट्रस खोलेर, मेसीनले झैं उखेलेर निमार्ण स्थलमा पुर्याईयो स्थानिय जनताहरु हाम्रो कामको उच्च प्रशंसा गर्दै सहकार्य गर्न आउनु भयो । सायद विश्वास जागृत भएर होला ।’ उनले थपे । आठ लाखमा निमार्ण भएको ट्रस ३ दिनको श्रमकार्यले पुरानै आकारमा आईपुग्यो । एमाओवादी नेता तथा सभासद अग्नी सापकोटा भन्छन्– ‘विद्यार्थी साथीहरुले आफ्नो कामबाट क्रान्तिकारीको पहिचान दिएका छन । म साथीहरुको उच्च सम्मान गर्दछु ।’ लक्ष्यभन्दा बढि काम जनजागृती उमाविका प्र.अ. पदम पराजुली भन्छन्–‘हामी विद्यालय परिवार विद्यार्थी साथीहरु दुःखमा साथ दिन आउनुभएकोमा धेरै खुसी छौं । दिनको चर्को घामलाई पनि बेवास्ता गर्दै उहाँहरुले पसिना बगाउनु भएको छ । मैले यस्तो मेहेनेत गरेर काम गर्ने मान्छे पहिलो पटक देखें । हामीले १३ कोठाको योजना बनाएर काम शुरु गरेका थियौं तर अहिले १५ कोठाको पुर्ण आकारको विद्यालय संरचना तयार भैसकेको छ ।’ उक्त विद्यार्थी टोलीलाई सम्मान स्वरुप विद्यालय र  स्थानीय जनताको तर्फबाट २ वटा खसी काटेर सहभोजन पनि गरीएको छ । ‘ब्लक ए’ स्टीलको स्थायी ब्लक हो । जस्मा २ वटा कोठा छन भने बाँकी सबै ब्लकहरु बास र काठबाट तयार गरिएका छन । ‘टहरालाई भुकम्प प्रतिरोधी बनाएर मात्र भएन भनेर हावा हुरी प्रतिरोधी बनाउन पनि थुप्रै मेहेनेत गरिएको छ । छानामा डबल बाँँस, हुकको प्रयोग, मोटो तारले खम्बा बाँधेर जमीन मुनी पुर्याई ढुङगा बाँधेर मात्र राखिएन कक्षाकोठामा पानी प्रवेश नपाओस भनेर दुई फुट गाह्रो लगाएर माटो भर्ने काम पनि सम्पन्न गरिएको छ । केही थोपा रगत र पसीनाको खोलै बगाईयो नी ।’ रञ्जीत तामाङ बताउँछन । नौ दिनमा ८० प्रतिशत काम नौ दिनसम्मको लगातारको श्रम पछि विद्यालयको अस्थायी भवन निमार्णको ८० प्रतिशत काम सम्पन्न भैसकेको छ । अब थोरै दिनको मेहेनेत पछि यसले पुर्णता पाउने छ । ‘यो अभियान सफल पार्न अखिल (क्रान्तिकारी) को ठुला योेगदान छ । यसले सिंगै पार्टी पंक्तिलाई रुपान्तरण सहित नयाँ दिशा दिन प्रेरित गरेको छ ।’ अनन्तले विद्यार्थी टोलीसँग जेठ १६ गते साँगाचोकमा छलफल गर्दै भने । बोलशेभिक स्प्रिड कुराकानीको अन्तमा रञ्जीतले फेरी थपे ‘हामीले जे सफलता हासील गरीरहेका छौं, त्यो हाम्रो टिम स्प्रीड नै हो । संयोजक रमेश मल्ल लगायत हाम्रो नेतृत्वको टिम आफै जुनसुकै काममा पनि अग्रसरताका साथ लाग्नु भएको छ त्यसले सिंगो टिमलाई उर्जाशिल बनाएको छ । आज सम्मको सफलता हाम्रो सिंगो टिम, स्थानीय पार्टी, र विद्यालय परिवारलाई जान्छ । पार्टीले हामीलाई यो जिम्मा दिएकोमा सबै साथीहरु खुसी छौ । यहाँका  बालबालीकाहरु जो विद्यालय जान पाएका छैनन तीनले हाम्रो स्कुल कहिले बनिसक्छ र स्कुल आउन पाउछौं अकंल रु भन्ने प्रश्नले पनि हामीलाई थप कडा मेहेनेत गर्न जिम्मेवार बनाईरहेको छ । हामी छिटो भन्दा छिटो मिसन सफल बनाएर विद्यालय हस्तान्तरण गर्न आतुर छौं ।’ (रञ्जीत तामाङसंग कुराकानी गर्दै तयार पारेको रिर्पोट) तस्विरहरूः \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari \"krantikari\"krantikari
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy