Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

महामारीपीडितलाई कोरिया–बेल्जियमवासी नेपालीको सहयोग

जाजरकोट, गत चैतमा जाजरकोटका विभिन्न गाउँमा फैलिएको स्वाइनफ्लुलगायत रोगबाट पीडितहरुका लागि नेपाली सम्पर्क समिति गणतन्त्र कोरियाले सहयोग गरेको छ । पत्रकार महासंघका कोषाध्यक्ष तथा राससकर्मी हेमन्त केसीमार्फत समितिले उपलव्ध गराएको सहयोग मंगलबार जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको छ । समितिले १ लाख ५१ हजार नगद रकम पीडितहरुका लागि पठाएको थियो । समितिले पठाएको रकमले महामारीप्रभावित गाउँका स्वास्थ्यचौकीहरुमा औषधि खरिद गरिएको छ । सम्पर्क समितिले यसअघि पनि विपतमा परेका नेपालीहरुका लागि विभिन्न सहयोग गर्दै आएको  अध्यक्ष बलराम पुनले बताए । यसैगरी बेल्जियममा बस्ने नेपालीले पनि महामारीपीडितहरुका निम्ति सहयोग गरेका छन् । महामारीपीडित स्थानीयहरुका लागि उनीहरुले औषधि सहयोग गरेका हुन् । फ्लुको महामारीपछि झाडापखालाको प्रकोप बढ्न सक्ने भएकाले उनीहरुको सहयोगलाई प्रकोप लक्षित गरी महामारीबाट अतिप्रभावित टालेगाउँ र अर्छानी गाविसमा वितरण गरिएको छ । नागरिककर्मी जनक केसीमार्फत  प्राप्त १ लाख २४ हजार रकमबाट प्रभावित क्षेत्रका स्थानीयहरुका लागि खरिद गरिएको औषधि मंगलबार जिल्ला स्वास्थ्य कार्यालयमा हस्तान्तरण गरिएको छ । सिजनल फ्लु र झाडापखालाको महामारीलाइ लक्षित गरी जिल्ला स्वास्थ्य कार्यालयका डाक्टरहरुको सिफारिसमा  औषधी खरिद गरिएको हो । दुर्गमका जनताका लागि आफुहरुले  थोरै  थोरै रकम जम्मा गरेर  सहयोग गरेको बेल्जियमबासी नेपाली युवराज गुरुङले बताए । उनले  विदेशमा बसेर पनि नेपालीको सेवा गर्नु मातृभुमि प्रतिको कर्तव्य भएको बताए । जिल्लाका महामारी पीडितहरुका लागि सहयोग जुटाउन जाजरकोट घर भएका वेल्जियमवासी  ओमप्रकाश शर्माले  पहल गरेका थिए । सहयोग रकम  एक महिनाअघि प्राप्त भएपनि महाभूकम्पका कारण  वितरणमा ढिलाइ  भएको  थियो । यसै गरि महामारी पीडितहरुका लागि  सहयोग गर्ने सबैलाइ  जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख धिरजंग शाहले  धन्यवाद दिएका छन् । एक महिनासम्म जिल्लाका १२ गाविसहरुमा फैलिएको फ्लुका कारण दुई दर्जन बढीको ज्यान गएको  थियो भने १४ सय बिरामी परेका थिए । सरकारले  १५ वटा गाविसमा शिविर चलाएर रोग नियन्त्रण प्रयास गरेको थियो । चार दर्जन बढी डाक्टर र २ सय बढी स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending