Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

महामारीपीडितलाई कोरिया–बेल्जियमवासी नेपालीको सहयोग

जाजरकोट, गत चैतमा जाजरकोटका विभिन्न गाउँमा फैलिएको स्वाइनफ्लुलगायत रोगबाट पीडितहरुका लागि नेपाली सम्पर्क समिति गणतन्त्र कोरियाले सहयोग गरेको छ । पत्रकार महासंघका कोषाध्यक्ष तथा राससकर्मी हेमन्त केसीमार्फत समितिले उपलव्ध गराएको सहयोग मंगलबार जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको छ । समितिले १ लाख ५१ हजार नगद रकम पीडितहरुका लागि पठाएको थियो । समितिले पठाएको रकमले महामारीप्रभावित गाउँका स्वास्थ्यचौकीहरुमा औषधि खरिद गरिएको छ । सम्पर्क समितिले यसअघि पनि विपतमा परेका नेपालीहरुका लागि विभिन्न सहयोग गर्दै आएको  अध्यक्ष बलराम पुनले बताए । यसैगरी बेल्जियममा बस्ने नेपालीले पनि महामारीपीडितहरुका निम्ति सहयोग गरेका छन् । महामारीपीडित स्थानीयहरुका लागि उनीहरुले औषधि सहयोग गरेका हुन् । फ्लुको महामारीपछि झाडापखालाको प्रकोप बढ्न सक्ने भएकाले उनीहरुको सहयोगलाई प्रकोप लक्षित गरी महामारीबाट अतिप्रभावित टालेगाउँ र अर्छानी गाविसमा वितरण गरिएको छ । नागरिककर्मी जनक केसीमार्फत  प्राप्त १ लाख २४ हजार रकमबाट प्रभावित क्षेत्रका स्थानीयहरुका लागि खरिद गरिएको औषधि मंगलबार जिल्ला स्वास्थ्य कार्यालयमा हस्तान्तरण गरिएको छ । सिजनल फ्लु र झाडापखालाको महामारीलाइ लक्षित गरी जिल्ला स्वास्थ्य कार्यालयका डाक्टरहरुको सिफारिसमा  औषधी खरिद गरिएको हो । दुर्गमका जनताका लागि आफुहरुले  थोरै  थोरै रकम जम्मा गरेर  सहयोग गरेको बेल्जियमबासी नेपाली युवराज गुरुङले बताए । उनले  विदेशमा बसेर पनि नेपालीको सेवा गर्नु मातृभुमि प्रतिको कर्तव्य भएको बताए । जिल्लाका महामारी पीडितहरुका लागि सहयोग जुटाउन जाजरकोट घर भएका वेल्जियमवासी  ओमप्रकाश शर्माले  पहल गरेका थिए । सहयोग रकम  एक महिनाअघि प्राप्त भएपनि महाभूकम्पका कारण  वितरणमा ढिलाइ  भएको  थियो । यसै गरि महामारी पीडितहरुका लागि  सहयोग गर्ने सबैलाइ  जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख धिरजंग शाहले  धन्यवाद दिएका छन् । एक महिनासम्म जिल्लाका १२ गाविसहरुमा फैलिएको फ्लुका कारण दुई दर्जन बढीको ज्यान गएको  थियो भने १४ सय बिरामी परेका थिए । सरकारले  १५ वटा गाविसमा शिविर चलाएर रोग नियन्त्रण प्रयास गरेको थियो । चार दर्जन बढी डाक्टर र २ सय बढी स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending