Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

टेलिकमको एडिएसएल इन्टरनेट सेवा सुस्त

सप्तरी, पाल टेलिकम राजविराजले वितरण गरेको इन्टरनेट सेवा एडिएसएलको नेट सेवा विगत एक महिनादेखि अत्यन्तै सुस्त गतिमा चल्दा उपभोक्ता मारमा परेका छन् ।

सदरमुकाम राजविराजको विभिन्न स्थानमा टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेटले उपभोक्तालाई दिनप्रति दिन सुस्त गतिका नेटका कारण मार खेप्न बाध्य रहेको उपभोक्ताले गुनासो गरेका छन् ।

राजविराजबाट प्रकाशित हुने राजविराज टुडे, ग्रीण मधेस, राजविराज दैनिक, कल्यान पोस्ट, न्यूज टुडे, वातावरण दैनिक तथा अन्य साप्ताहिक पत्रपत्रिकाको कार्यालयमा रहेको एडिएसएल नेटले सुस्त गतिमा चल्दा कामकाज गर्न समस्या भएको र समयमा पत्रिका प्रकाशन हुनेमा कठिनाइ भएको स्थानीय ग्रीण मधेस दैनिकका प्रकाशक÷सम्पादक श्रवणकुमार देवले बताए ।

इन्टरनेटको राउटरमा नेटवर्क देखिए पनि कुनै पनि बेवसाइट खोल्दा घन्टौँसम्म नखुल्ने जस्ता समस्या हुने गरेको उहाँको भनाइ छ । कुनै बेला नेटवर्क आए पनि खोल्ने बित्तिकै नेटवर्क नै जाने गरेको अर्का राजविराज टुडेको उपसम्पादक आरएन विश्वासको पनि यस्तै गुनासो रहेको छ ।

इन्टरनेटको समस्याका बारेमा राजविराज टेलिकमका प्रमुख हरिकान्त चौधरीलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको स्थानीय सञ्चारकर्मी अरुणकुमार यादवले बताए ।

एडिएसएल नेट सेवा विगत एक महिनादेखि सुस्त नेटवर्कका कारणले समयमा पत्रिकाको कामकाज नहुने र अर्कोतिर उपभोक्ता ठगिने गरेको नटवर्क दैनिकका सम्पादक देवराम यादवको भनाइ छ ।

यसैबीच नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालयको एक प्राविधिक टोली सोमबार आएर जाँच गर्दा पनि हालसम्म यहाँको हालत यस्तै नै रहेको बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending