काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सरस्वतीको जीतमा विनोद केसी र विदेशी खेलाडी फान्सिस ओकेछुक्वु ओन्यमले एक एक गोल गरे । खेल शुरुवातीको तेस्रो मिनेटमा नै सरस्वतीका विनोदले गोल गर्दै पहिलो अग्रता लिए । उनले कप्तान दीपेश श्रेष्ठको पासमा गोल गरेका थिए । तर त्यो सरस्वतीको पहिलो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका अब्दुल करीम हामोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले काजिमले दिएको पासलाई गोलमा परिणत गरेका थिए । खेलको दोस्रो हाफमा सरस्वतीले पुनः एक गोल थप्यो । खेलको ५२ औँ मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै फ्रान्सिसले हेडमार्फत गोल गरे । सरस्वतीका सुमन लामा म्यान अफ दि म्याच घोािषत भए । यो जितसँगै सरस्वतीले चार खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको सातांै स्थानमा उक्लेको छ । यता समान चार खेल खेलेको ब्रिगेड ब्वाइज १ जित र ३ हारसहित ३ अङ्कका साथ लिगको एघारांै स्थानमा छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: