Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एक पत्रकारलार्इ घेरा हालेर भनियो – ‘भाग्ने कुरा नगर्नुस्, ज्यानमाथि जे पनि हुन सक्छ’

काठमाडाैं, जेठ १८ गते कलेजहरुको तस्बिर संकलन गर्ने क्रममा चापागाउँको बज्रबाराही उच्च मावि पुगेको थिएँ   । विद्यार्थीको अवस्था  विद्यालयक भवनको  अवस्था बारे तस्बिर खिच्दै थिएँ । एउटा भवन देखेँ सँगै विद्यार्थी पनि । असुरिक्षत भनेर जिल्ला शिक्षा कार्यलयले रातो स्टिकर टाँसेको थियो  । भवितव्य दुर्घटना भयो भने, के होला भनेर सोचें  । खतरापूर्ण अवस्था देखेपछि तस्बिर लिएँ । अफिसमा त्यो फोटो दिइनँ ।  भोलीपल्ट राजधानीका धेरै विद्यालयमा समस्या भएको समाचार छापामा आयो । भोलीपल्ट सम्पादक मण्डलले एउटा तस्बिरको खोजी गरे । असुरिक्षत भएको  तस्विर खोजी गरे  । मैले क्याप्सन लेखेर दिएँ । दुईवटा भवनमा खतरा थियो । फोटो राजधानी दैनिकको पहिलो पृष्ठमा  छापियो । त्यो तस्बिर सानोसानो बच्चाहरुका लागि खिचेको थिएँ ।  प्रेसले देखाउनुपर्ने जिम्मेवारी निभाएको थिएँ । भोलीपल्ट अफिस आउने क्रममा कुपन्डोलको ओरोलो झर्दै थिएँ । चापागाउँबाट फोन आयो । उठाएँ । ‘अशोकजी तपाईं तुरुन्त आउनुस् ।’ एक्कासी यस्तो आवाज आयो । मैले ‘को बोल्नु भयो, के काम थियो’ भनेर सोधेँ । ‘तपाईंले तस्बिर छाप्नुभयो, त्यो किन छाप्नुभयो, अनुमति कोसँग लिनु भयो  ।’ यस्तै आवाज आइरह्यो । फोटो पत्रकारले सार्वजनिक स्थलमा फोटो खिच्न कसलाई सोध्नुपर्ने हो र ?’ मैले जवाफ फर्काएँ । तर तुरुन्त आउनुस् भनेर दबाब आइ नै रह्यो । तर  सम्भव थिएन । ‘आउन सक्ने अवस्था छैन’ मैले भनेँ । म आएर केही पनि हुँदैन । राजधानी दैनिकको कार्यलयमा आउनस् ,सम्पादकसँगै बसेर सल्लाह गर्नुस् अनि खण्डन छाप्नुस् भनेँ । तर उहाँले ‘तपाईं बदमासी गर्ने, फोटो छाप्ने, तुरुन्त आउनुस्’ यस्तो आदेश गर्नुभयो  । मलाई फोन गर्ने सोही विद्यालयका  प्रधानाध्यापक रामेश्वर महर्जन रहेछन् । मैले उहाँलाई ‘मलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर बोलाउनु भएको छ, म कसरी आउँ’ भनेको थिएँ । उहाँले ‘बडिगार्ड लिएर आउनुस्’ भन्नुभयो  । ‘म गुण्डागर्दि गर्दिनँ साधारण मान्छे कसो गरुँ ?’ मेरो जवाफ थियो । ‘तपाईं आउनुहुन्न भने तपाईं माथि जे सुकै हुन सक्छ ।’ यो अन्तिम वाक्य बोलेर उहाँले फोन राख्नु भयो  । त्यो दिन कल आएन ।  त्यतिबेलै प्रमुख संवाददातालाई  फोन गरेँ । घटनाको विवरण सुनाएँ   ।  सो विद्यालयको ५ वटा भवन मध्ये २ वटा असुरक्षित थियो । अन्य सुरक्षित थियो  । निकै दबाब आएपछि राम्रो फोटो छाप्ने भन्ने कुरा भयो । \"used_3203\"राम्रो फोटो छापिदिने उद्देश्यसहित म बुधबार  बिहान १० बजे सोहि विद्यालय गएँ  । टिटि खेल्ने कार्यक्रम रहेछ ।  गेटमै उभिएँ । रामेश्वर सरले हातको इशाराले आदेशपूर्ण तरिकाले बोलाउनुभयो । म अगाडि गएँ  । अफीस भित्र छिरेपछि ‘यहाँ बस्नुस्’ भनेर ठाउँ देखाउनुभयो  । एकछिनपछि अर्को कोठातर्फ त्यसरी नै बोलाउनु भयो ।  अर्को रुममा गएँ । बीचमा थिएँ  । चारैतिर सरहरु हुनुहुन्थ्यो । सबै जनाले घेरिरहेका थिए । घेराबीच ‘यो तस्बिर किन छाप्नुभयो ?’ भनेर सोध्नुभयो । डिस्कसन सुरु भयो । मैले आफ्नो कुरा राखेँ । उहाँले भन्नुभयो – ‘तपाईं को बाट परिचालित हुनुहुन्छ ?’  मैले भने – ‘प्रमाणित गर्नुस्, झुण्डिन तयार छु ।’ अन्यले ‘पत्रकारिता हामीले पनि जानेका छौं भनेर सिकाउँदै थिए । धेरै सरहरु एकपछि अर्को पालैपालो सबैले कराउन थाले । ‘तपाईंले के सोच्नु भयो, तपाईंलाई यहिँबाट अपहरण गर्न सक्छु । तपाईंलाई जे पनि हुन सक्छ । तपाईंको ज्यानमाथि जे पनि हुन सक्छ । यो भाग्ने कुरा नगर्नुस् । हाम्रा मान्छे बोलाउँछौं ।’ यस्तै शब्दहरुले मलाई धम्क्याउन थालियो । मैले तस्बिर छाप्ने कुरा मेरो होइन  । सम्पादक मण्डल को कुरा हो भनेँ । खण्डन छाप्ने कुरा पनि सम्पादक कै कुरा हुन्छ भनेको थिएँ । ‘रातो किन छाप्नु भयो, अब हरियो छाप्नुस ।’ यस्तै भनाईहरु ममाथी बर्सिरहे । \"patrikalaiसबै विद्यार्थीहरु थिए ।  बेइज्जतिपूर्ण अवस्था आयो  ।  धम्की दिएर बेइज्जत गरेपछि तस्बिर छाप्ने उद्देश्यले गएको मेरो भावना बदलियो । धम्कीपछि छाप्न पर्छ भन्ने लागेन । त्यहाँबाट निस्किन  पनि दिनुभएन । गाली गरिरहने भएपछि मलाई असह्य भयो । अनि प्रमुख संवाददाता डिल्ली आचार्यलाई फोन गरेँ । ‘मलाई निस्कन दिएनन्’ भनें ।  उनीहरुसँग आचार्यले कुरा गर्न खोज्दा मानेनन् ।  आचार्यले सुनिरहेका थिए ।  ‘म सक्दिनँ भनेर आउनस्’ भन्न  भनेपछि  मैले फोन राखेँ । अमृत नाथ तिमल्सिनाको फोन आयो । स्थानीय पत्रकार हुन् । के छ अप्ठेरोे भन्नुभयो ।  त्यो बीचमा  रिस पोख्दै हुनुहुन्थ्यो ।  तपाईं चिन्ता नगर्नुस्, पुलिस आउँछ भन्नुभयो । एक छिनमा त्यो खबर व्यवस्थापन समितिका अध्यक्ष समक्ष पुगेछ । उहाँ आउनुभयो । ‘किन गर्नुभयो,’ भनेर प्रश्न गर्नुभयो । अब राम्रो  तस्बिर छाप्नुस् भन्नुभयो  । बाहिर आएर फोटो खिचेँ । ‘यसरी हुन्न विद्यार्थी देखाउनुस्’ भन्दै फेरी धम्की दिए ।  विद्यार्थी लाइन लगाउन थाले  । एउटा मात्रैले हुन्न अरु पनि छाप्नुस् भनेर  पछाडी लगेर दुइटा विल्डिङ देखाउनुभयो ।  खिच्न लगाउनुभयो । दुई जनाले बाहिर निकाले । गेटबाट निस्कँदा पनि दबाब दिइरहेका थिए  । ‘होस गर्नुस् तपाईंलाई जे पनि हुनसक्छ’ यस्तो भनाई पछाडीबाट आईरहेको थियो । त्यहाँबाट निस्केर आफिस आएँ । सम्पादकसँग कुरा गरेँ । उजुरि गर्नु भन्नु भयो । फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीलाई फोन गरेँ । उहाँले खेलकुद पत्रकार संघको कार्यालयमा बोलाउनुभयो ।  घटना विवरण बताएँ । प्रेस विज्ञप्ति जारि भयो । आज जिउ ज्यानको सुरक्षा पाउ भनेर निवेदन दिएको छु । आजको दर्ता नम्बर २०९ हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending