Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

ससुरा यसरी बुहारीका पति बने

स्याङ्जा, बुहारीको गर्भलाई उनकै १४ वर्षीय छोराको अवैध गर्भ भन्न बाध्य पार्ने ससुरा अन्ततः बुहारीका पति ठहरिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिका खबर छ –जिल्ला अदालत स्याङ्जाका न्यायधीश चिन्तामणी बरालको एकल इजलासले शितली गोदारका ससुरा तिलबहादुर गोदारलाई पति ठहर गरेको हो । शितलीका पति प्रमाणित गर्दै मासिक ४ हजार र अंश समेत दिने निर्णय सुनाएपछि उनले न्याय पाएकी हुन् । अदालतको सो निर्णयसँगै डेढ वर्षदेखि नाता कायम र अंश मुद्धा लड्दै आएकी ४० वर्षीया शितलीलाई न्याय मिलेको छ । अदालतको निर्णपछि उनका अबोध छोरालाई राहत मिलेको छ । रोजगारका लागि पति विदेशिएपछि ससुरासँगको शारीरिक सम्बन्धपछि रहेको गर्भ फ्याक्न ससुराले पोखरासम्म लिएर गएको पनि खुलेको छ । प्रहरीले हिरासतमा हुँदा दुबैले शारीरिक सम्बन्ध स्वीकारेको अवस्थामा शितलीले एकाएक बयान फेरेर गर्भ आफ्नै १४ वर्षीय छोरासँगको शारीरिकसम्बन्धबाट जन्मेको बताएकी थिइन् । तर, सो कुरा प्रहरीले पनि पत्याएन । ससुरा बुहारीले आफूहरुको सम्बन्ध नकारी १४ वर्षीय छोरालाई दोषी बनाएपछि वालिङबासी आन्दोलित भएका थिए । पटक पटक बयान फेरेकी शितलीले गाउँलेको आन्दोलन र प्रहरीको अनुसन्धानपछि ससुरासँगको यौनसम्बन्ध स्वीकारिन् । सुन्न र पत्याउनै नसकिने यो घटनाले लगातार ५ दिनसम्म वालिङ नगर तताएको थियो । खिलुङदेउराली गाविसका ६५ वर्षीय तिलबहादुर गोदारका यसअघि नै दुईवटी पत्नी छन । यो घटनापछि उनी भागेर वेपत्ता भएका छन् । एक वर्षअघि शितलीको गर्भबाट छोरीको जन्म भएको छ । तर, छोरीको न्वारान अझै हुन सकेको छैन । विदेशमा रहेका शितलीका पतितर्फ यसअघि एक छोरा एक छोरी छन् । छोरी कक्षा ८ मा पढिरहेकी छन् भने छोराले यो वर्ष एसएलसी दिएका हुन । अदालतमा मुद्धा चलेदेखि तिलबहादुर फरार भउका हुन् । शितली दार्सिङ दहथुमस्थित एक घरमा काम गर्र्दै नाबालक छोरी पाल्दै बसेकी छिन् । ‘‘मसँग धन सम्पत्ती केही छैन । दिदी सिमा कमाचार्य र अधिवक्ता हरि रेग्मीले मलाई सवै जुटाइदिनुभयो’, अदालतको निर्णय सुनेपछि गोदारले भनिन्, ‘साँच्चै आज न्यायलयभित्र भगवान रहेको महसुस गरेकी छु, मलाई न्याय मिलेको छ ।’ शितीलाई संरक्षण दिँदै आएकी महिला नेतृ सिमा कर्माचार्य बुहारीमाथि यौन शोषण गर्नेमाथि कडा कारबाहीको माग गर्छिन् । ‘सोझासाझा छोरी बुहारीलाई प्रलोभन र धम्की दिएर घर न घाटको बनाउनेलाई कडा कारबाही हुनुपर्छ’, उनले भनिन्, ‘शितली गोदारले झैँ अन्य महिलाले यस्तो हिंसा भोग्नु नपरोस ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending