NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

भाडा तिरेर त्रिपालमा बास

धादिङ, दार्खा, अलिकति समथर जमिन। चारैतिर घोगा लाग्ने बेला भएको मकैको बोट। मकैबारीभित्रै लस्करै २६ घरधुरीका छुट्टाछुट्टै त्रिपालका घर। नजिकै भत्किएका केही घरका भग्नावशेष। वैशाख १२, १३ र २९ गते गएका शक्तिशाली भूकम्पबाट घर भत्किएर विस्थापित दार्खा गाविस ८ का धार्नावासीको अस्थायी शिविरको दृश्य हो यो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ भूकम्पले घर भत्काएपछि त्रिपालको अस्थायी छाप्रो हालेर बसेको जग्गा भने उनीहरूको होइन। अरूकै बारीमा त्रिपाल हालेका धार्नाका २६ घरधुरीले महिनाको चार सय रुपैयाँ जग्गावाला हर्क गुरुङ, चिम्से तामाङ र विमल तामाङलाई भाडा बुझाउँछन्। भूकम्पबाट धार्नाटोलका ६५ घर तहसनहस भए। चारजनाको १२ गतेको भूकम्पले ज्यान लियो। १२ जना पुरिएर गम्भीर घाइते भए। भूकम्पपछि धार्ना गाउँमाथिको सानेगङ पहाडबाट दिनहुँ पहिरो झर्न थाल्यो। बाँकी रहेका घर पनि २९ गतेको भूकम्पले भत्काइदियो। जमिन पनि भासिन थालेपछि उनीहरू विस्थापित हुनुपर्‍यो। अन्य ठाउँमा जग्गा हुनेहरू आफ्नै जग्गामा गए भने अलिकति भएको जमिन पनि चिराचिरा परेर भासिन थालेपछि २६ घरपरिवार अहिले धार्नागाउँकै फेदीमा रहेको आँखुखोलाको छेवैको अरूकै जग्गा भाडामा लिएर त्रिपालमुनि बस्दै आएका छन्। दार्खा(८ का शमशेरबहादुर घलेले भने, ‘पहिलो दिन त के गर्ने कसो गर्ने केही मेसो पाइएन। खुला आकाशमुनि नै रात बिताइयो। भोलिपल्ट हेर्दा गाउँमाथिबाट पनि पहिरोको जोखिम बढ्यो। घरजग्गा भएको ठाउँमा पनि जताततै चिराचिरा पर्न थालेपछि त्यहाँबाट विस्थापित भयौं तर जाने ठाउँ कहीं भएन। अनि यही मकैबारी फाँडेर महिनावारी चार सय रुपैयाँ भाडा तिर्ने सहमतिमा त्रिपाल हालेर बसेका छौं।’ उत्तरी धादिङको बस्ती जोखिममा परेको र विस्थापितलाई छिट्टै पुनर्बास गराउनुपर्नेजस्ता समाचार रेडियोबाट घलेले दिनहुँ सुन्छन् तर जोखिममा परेको धार्नामा सर्वेक्षण गर्न प्राविधिक टोली अहिलेसम्म पनि नआएको उनले बताए। घले भन्छन्, ‘अहिले हामीलाई सुरक्षित लागेको आँखुखोलाको किनारमा छौं। जग्गावालाले त यहाँ तल पनि जमिन भासिएको छ, खोला बढेको बेला जोखिम हुन्छ भनेका छन् तर के हुने हो पत्तो छैन।’
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page