Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

९ फिल्म जसको रिलिजमा सेन्सर बोर्डले लगायो रोक

बलिउडमा यस्ता फिल्महरु बन्छन् जसमा आतंकवाद, सेक्स अथवा थुप्रै संवेदनशील मुद्दा हुने गर्दछन् । यस्ता विषयमा बन्ने फिल्महरुलाई सेन्सर बोर्डले प्रदर्शनीमा रोक लगाएको छ । हामी तपाईंलाई बलिउड क्षेत्रमा सेन्सर गरिएका फिल्महरुको बारेमा जानकारी दिँदैछौं । \"1१. कामसूत्र अ टेल अफ लभः सन् १९९६ मा बनेको यो फिल्मलाई बलिउड र हलिउडकी चर्चित निर्देशक मीरा नायले निर्देशन गरेकी हुन् । यो फिल्म वात्स्यायनद्वारा रचित कामासूत्रमा आधारित थियो । फिल्ममा निकै बोल्ड सेक्सुअल कन्टेन्ट भएका कारण सेन्सर बोर्डले यसमा रोक लगाइदियो । फिल्ममा बलिउडका चर्चित कलाकार रेखा, इन्द्र वर्मा, सरिता चौधरी, नवीन एन्ड्रयूजले मुख्य भूमिका निभाएका थिए । \"2२. सिन्सः सन् २००५ मा बनेको यो फिल्म केरलका एक पादरीको जीवनमा आधारित हो जसले एक राम्री महिलासँगको प्रेमपछि शारिरिक सम्बन्ध बनाए । फिल्मलाई धार्मिक भावनामा आहत पुर्याएको भन्दै यसको प्रदर्शनमा रोक लगाइएको थियो । फिल्ममा साइनी अहुजा र सीमा रहमानीले मुख्य भूमिका सम्हालेका थिए । फिल्मलाई विनोद पाण्डेले निर्देशन गरेका थिए । \"3३. डेज्ड इन डुनः यो फिल्मलाई चर्चित नायक नसीरुद्दीन शाहकी श्रीमती रत्ना पाठक शाहले निर्माण गरेकी थिइन् । जसमा हाउली नामकी एक बालिकाको कथा देखाइएको छ जो दून स्कूलमा आफ्नो जीवनको उद्देश्य खोज्ने कोसिस गरिरहेकी छिन् ।  स्कूलको नाम बदनाम हुने भन्दै दून स्कूलले सेन्सर बोर्डलाई फिल्मलाई रोक लगाउन आग्रह गरेको थियो । सन् २०१० मा बनेको यो फिल्मलाई अश्विन कुमारले निर्देशन गरेका थिए । \"4४. यूआरएफ प्रोफेसरः पंकज आडवानीको यो फिल्म सन् २००० मा बनेको थियो । फिल्ममा प्रयोग गरिएको भाषाका कारण प्रदर्शनीमा रोक लगाइयो । यो फिल्ममा मनोज पाहवा, श्री वल्लभ व्यास र देवांग पटेलको मुख्य भूमिका छ।  \"5५. इन्साअल्लाह फुटबलः यो डकुमेन्ट्री फिल्म एउटा यस्तो कश्मिरी फुटबलरको हो जसको पिता उग्रवादी भएका कारण विदेश जान रोकिएको थियो । फिल्ममा कश्मिरको संवेदनशील मुद्दा भएका कारण सेन्सर बोर्डले यसमा रोक लगायो । सन् २०१० मा बनेको यो फिल्मलाई बलिउडका नायक जावेद जाफरीले प्रोड्युसर गरेको र अश्विन कुमारले निर्देशन गरे । फिल्मलाई कश्मिरी र अंग्रेजी भाषामा रिलिज गरिने तयारी थियो । \"6६. किस्सा कुर्सीकाः बलिउडका निकै चर्चित नायिका शबाना अजमी र राज बब्बरको यो फिल्म इन्दिरा गान्धी र उनका छोरा सञ्जय गान्धीमा बनेको राजनीतिक सटायर थियो । फिल्ममा सञ्जय गान्धीको कार निर्माण नीतिको विराध गरिएको थियो जसका कारण कांग्रेस सरकारले यसलाई रिलिज हुन दिएन । यो फिल्मको सबै प्रिन्ट्स जलाइयो । सन् १९७७ मा बनेको यो फिल्मलाई अमृत नहाटाले निर्देशन गरेका थिए । \"7७. द पिंक मिररः श्रीधर रंगायनद्वारा निर्देशित यो फिल्म सन् २००३ मा बनेको थियो । तेस्रोलिङ्गीहरुको जीवनमा आधारित भएका कारण यो फिल्ममाथि रोक लगाइयो । फिल्ममा अश्लिल दृश्यहरु प्रयोग भएको भन्दै सेन्सर बोर्डले यसलाई रोक लगाएको हो । उक्त फिल्मलाई थुप्रै फिल्म फेस्टिबलहरुमा देखाइयो जसलाई थुप्रै दर्शकहरुले मन पराए । फिल्ममा इड्विन फर्नान्डिस, रमेश मेनन, ऋषि राज मुख्य भूमिकामा देखिएका थिए । \"8८. पाँचः बलिउडका निकै चर्चित निर्देशक अनुराग कश्यपद्वारा निर्देशित यो फिल्ममा हिंसा, सेक्स र गाली गलौज भएका कारण मानिसहरुले निकै बिरोध गरे । यहि कारणले सेन्सर बोर्डले यसमा रोक लगायो । फिल्ममा केके मेनन, आदित्य श्रीवस्तव, विजय मौर्य, जय फर्नान्डिज र तेजस्विनी कोल्हापुरले मुख्य भूमिका निभाएका छन् । सन् २००३ मा बनेको यो फिल्म सन् २०१३ मा रिलिज हुने भनिएको थियो तर पुनः दोस्रोपटक स्थगित भयो । \"unfreedom-1433755457\"९. अनफ्रिडमः यो फिल्म सन् २०१५ मा नै बनेको हो । सेन्सर बोर्डले बाधा पुर्याएका कारण यो फिल्म रिलिज हुन सकेको छैन । यो फिल्मलाई राज अमित कुमारले निर्देशन गरेका हुन् । फिल्म लेस्बियन लभ र आतंकवादजस्तो संवेदनशील मुद्दामा आधारित भएका कारण रोक लगाइएको हो । फिल्ममा भानु उदय, प्रीति गुप्ता, अंकुर विकल र सम्राट चक्रवर्तीको मुख्य भूमिका रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending