Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भूकम्पमा यसरी डराएछन् महिला पत्रकार...

काठमाडौँ, वैशाख १२ को भूकम्पपछि पत्रकार यशोदा अधिकारी अहिलेसम्म आफू बस्ने कोठाभित्र पस्न सकेकी छैनन् । उनले भनिन्– “भूकम्पले मलाई यति आतङ्कित पारेको छ कि मलाई अहिले पनि कोठाभित्र छिर्न डर लाग्छ ।”

नेपाल पत्रकार महासङ्घ र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) को आयोजनामा साेमबार राजधानीमा भएको ‘सन्डे क्लब’ मा विभिन्न सञ्चार माध्यममा अाबद्घ महिला पत्रकारले भूकम्पका बेला र त्यसपछिको अवस्थाबारे अा–आफ्ना अनुभव बाँडे ।

सोही क्रममा आफ्नो अनुभव सुनाउँदै पत्रकार अधिकारीले भनिन्– ‘मैले चार वर्षकी मेरी छोरीलाई अहिलेसम्म विद्यालय पठाउन सकेकी छैन ।’ भूकम्पका परकम्प अझै आउन नछाडेकाले पनि उनको यो डर थामिएको छैन । कार्यक्रममा आफ्नो अनुभव सुनाउने क्रममा अर्की पत्रकार अमिका राजथलाले अहिलेसम्म टेलिभिजनमा समाचार हेर्न नसकेको बताइन् । भूकम्पलगत्तै टेलिभिजन च्यानलहरूले देखाएका वीभत्स दृश्यलाई उनले अझै पचाउन सकेकी छैनन् । भूकम्पका कारण घर बस्न नमिल्ने भएपछि अहिलेसम्म बाहिरै बस्नुपरेको बताउँदै उनले भनिन्– ‘पहिलो पटकको भूकम्पले भन्दा २९ गतेको भूकम्पले ज्यादै त्रसित पार्यो ।’ अर्की पत्रकार रुपा न्यौपानेले भने भूकम्पका कारण आफूले मृत्युलाई नजिकैबाट देखेको अनुभव गरेको बताइन् । तेस्रो तलामाथि रहेका बेला पहिलो पटक भूकम्प गएको स्मरण सुनाउँदै उनले भनिन्– ‘भूकम्पको धक्काले भन्दा पनि त्यसपछिको अवस्थाले मलाई अत्यन्त चिन्तित तुल्यायो । काठमाडौँ उपत्यकालगायतका विभिन्न जिल्लामा भूकम्पका कारणले भएको क्षतिले दुःखी बनायो ।’ विपद्पछि नुवाकोटमा राहत बाँड्न पुगेकी रुपाले त्यहाँ अर्को ठूलो भूकम्पको महसुस गरिन् । पत्रकार त आएका छन् यहाँ अब त केही हुन्न डराउनुपर्दैन भनेर स्थानीयबासीले मन बुझाए पनि आफूले भने डरलाई लुकाउन नसकेको उनले बताइन् ।

पत्रकार पार्वती थापामगरले भने विपद्का बेला पत्रकारले गहन जिम्मेवारी लिनुपर्ने अनुभव आफ्नो रहेको बताउँदै भनिन्– ‘मेरो घर वरपरका छिमेकीले अब भूकम्प आउँछ कि आउँदैन भनेर बारम्बार सोध्ने मात्र हैन, मेरो कुरामा विश्वास समेत गरेका छन् । त्यसैले पनि समाजप्रति पत्रकारको दायित्व महत्वपूर्ण हुन्छ ।’ नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पहिले आफ्नो व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी काम गर्न सहकर्मी पत्रकारहरुलाई सुझाव दिँदै पत्रकारको ज्यानलाई जोखिममा पारेर काम लिने सञ्चारगृहप्रति महासङ्घ कडा रुपमा प्रस्तुत हुने बताए । पत्रकारको बिमाका विषयमा समेत सञ्चारनीतिमा उल्लेख गर्न आफूहरूले तयारी थालेको उनको भनाइ थियो । विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत रविन अधिकारीले समाजले पत्रकारबाट धेरै आशा गर्ने भएकाले सर्वसाधारण मानिसलाई आतङ्कित पार्नेभन्दा पनि संयमित हुने खालका समाचार सम्प्रेषण गर्न आग्रह गरे । डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरले तुलनात्मक रुपमा भूकम्पलगायतका प्राकृतिक विपद्बाट महिला बढी प्रभावित हुने गरेको बताइन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending