Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पूर्व प्रधानमन्त्री नै संसदको कालोसूचीमा

पूर्वप्रधानमन्त्रीदेखि सभासद्ले नै संसद सचिवालयका ऐतिहासिक पुस्तक गायव पारेका छन् । राजधानी दैनिकमा खबर छ–संसद सचिवालयले पटकपटक ताकेता गर्दा पनि उनीहरुले पुस्तक फिर्ता नगरेका हुन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २२ वर्षसम्म पनि पुस्तक फिर्ता नगरेका हुन् । देउवासहित १८ सभासद्ले पुस्तक फिर्ता गर्न आनाकानी गरेको सचिवालयले जनाएको छ । कतिपय पुस्तक बजारमा किन्न पनि नपाइने खालका छन् । सभासद्ले बजारमा किन्न नपाइने पुस्तक लगेर पैसा फिर्तासमेत गर्ने गरेको सचिवालयले जनाएको छ । संसद सचिवालयको पुस्ताकालयको १८ खराव सभासद्को सूचीमा देउवालाई पहिलो नम्बरमा राखेको छ । देउवाले १८ फागुन २०४९ सालमा लगेको हेनरी जे मेरीको ‘द कन्स्टिच्युसन सिस्टम’ बेन ग्रान्टले लेखेको ‘प्रेसियुर ग्रुप पोलिटिकल एण्ड डेमोक्रेसी इन ब्रिटेन’ नामक पुस्तक २२ वर्ष बित्न लाग्दा पनि फिर्ता नगरेका हुन् । संसद सचिवालयका कर्मचारीले पुस्तक फिर्ताको आग्रह गरेको २१ वर्ष भइसकेको छ । कांग्रेसकै प्रमुख सचेतक चीनकाजी श्रेष्ठले २०४९ सालमा लगेको एमएन काउलको ‘प्राक्टिस एण्ड प्रोसिडियर अफ पार्लियामेन्ट विथ पार्टिकुलर’ पुस्तक फिर्ता गरेका छैनन् । अर्थमन्त्री डा. रामशरण महतले पनि पुस्तक फिर्ता रेका छैनन् । एमालेका रविन्द्र अधिकारी पनि छन् । पुस्तक फिर्ता नगर्नेमा सभासद् विश्वेन्द्र पासवान पनि छन् । यस्ता छन् १८ खराब सभासद् शेरबहादुर देउवा, डा. रामशरण महत, चीनकाजी श्रेष्ठ, विश्वेन्द्र पासवान, विशाल भट्टराई, सृजना तरामु खत्री, सञ्जयकुमार गौतम, ऋषिकेश पोखरेल, गणेशकुमार मण्डल, पाँचकर्ण राई, भाष्कर भद्रा, भेषकुमारी राउत, महम्मद जाकिर हुसेन, रविन्द्र अधिकारी, राममाया बोगटी, रेखा शर्मा, लालबहादुर गुरुङ र लालेन्द्रकुमार मण्डल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: