Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नेपालकाे यस्तो ठाउँ जहाँ दलालमार्फत बेहुलाको किनबेच हुन्छ

जनकपुरधाम, सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ, जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गर्छ र बेहुली पक्षका आफन्त आर्थिक अवस्थाअनुसार बेहुला किन्न आउँछन् । प्राचीन मिथिला संस्कृति र सामाजिक विधि व्यवहारमा विवाहलाई स्त्री र पुरुषबीचको शाश्वत र पवित्र सम्बन्धको रुपमा मान्ने गरिएको छ । तसर्थ युवायुवतीलाई दाम्पत्य सूत्रमा बाँध्न अनेक धार्मिक एवम् सामाजिक परम्परा र रीतिरिवाज अपनाइएको हुन्छ । युवायुवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवार एकअर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने चलन छ । इतिहासकार सौराठसभाको सुरुवात १४औँ शताब्दीमा कर्नाटक वंशीय राजा हरिसिंह देवले सुरुवात गरेका ठान्दछन् । राजा हरिसिंह देवको दरबारमा समय समयमा विद्वानबीच शास्त्रार्थ हुन्थ्यो । यसमा विजयी विद्वानलाई पुरस्कृत गरिन्थ्यो । सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिली ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए । लामो समयसम्म तर्क वितर्क चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय जस्ता विषयहरु उठेका थिए । राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र अनौठो तरिकाले ती युवकहरुलाई पुरस्कृत गरे । यद्यपि शास्त्रार्थमा भाग लिने युवकहरु अविवाहित भएकाले पुरस्कारस्वरुप उनीहरुलाई एक/एक सुन्दर बेहुली विवाह गर्ने मौका दिए । भनिन्छ त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्यो । यसमा उनीहरुबीच शास्त्रार्थ हुन्थ्यो र बेहुली पक्षले आफ्नो छोरीको लागि योग्य बेहुलाको खोजी गर्न त्यहाँ भेला हुन्थे । तर समयको परिवर्तनसँगै शास्त्रार्थको पुरानो परम्परा समाप्त भएको छ र सौराठसभा मैथिल बेहुलीका लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गयो । सौराठसभा सीमावर्ती भारत विहार राज्यअन्तर्गत बासोपट्टी कलुवाही चोकदेखि कुनखौरीबाट एक किलोमिटर पूर्व तथा मधुवनी बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा अवस्थित छ । यस गाउँको एउटा ऐतिहासिक पोखरी किनारामा रहेको पिपलको पुरानो रुखमुनि प्रतिवर्ष जेठदेखि सौराठसभा मेला लाग्ने गर्दछ । यस वर्ष पुरुषोत्तम महिना पर्ने भएकाले असारको सट्टा जेठमै सौराठसभा मेला लागेको छ । पोखरी नजिक भगवान् महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ । करिब दुई सातासम्म चल्ने यो सौराठसभामा मैथिल ब्राह्मण बेहुला खोज्नेहरु यस सभामा पुग्ने गर्दछन् । यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टीका र आँखामा गाजल लगाएर आफ्नो अभिभावकसँगै भुईंमा ओछ्याएको दरी चटाइमा बसेको हुन्छ । यदि कुनै युवक केटी पक्षलाई केटा मन प¥यो भने उनको अभिभावकसँग कुराकानी गरेर बेहुलाको खान्दान, उसको उमेर, आर्थिक अवस्था, सम्भावित दाइजोबारे पत्ता लगाउने प्रयास हुन्छ । बेहुला पक्ष र बेहुली पक्षबीच कुराकानी मिलेपछि विवाहका लागि पञ्जिकार (पुरोहित) बाट परामर्श लिने गरिन्छ । पञ्जिकारसँग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहेको हुन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साइत जुराउने गर्दछ । यसमा बेहुला पक्षको सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ताबीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछ । यसमा एउटा अनौठो परम्परा ‘हथघडी’ विधिले स्थान पाएको हुन्छ, जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछ । त्यसपछि बेहुलाले आफ्नो सासू, ससुरा तथा पूजनीय व्यक्तिको खुट्टा ढोगेपछि दुवै पक्ष एकअर्काको अङ्गालो हाली खुसी साटासाट गर्दछन् । समयको परिवर्तनसँगै पञ्जिकारको भूमिकामा समेत परिवर्तन आएको छ । आजभोलि पञ्जिकारले आफ्नो भूमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा लाग्ने गरेको देखिन्छ । बेहुला र बेहुली पक्षबीच दाइजोको छिनोफानो पञ्जिकारले गर्ने गर्दछ । सौराठसभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिब ब्राह्मणबीचको भेदभाव हटाउन गरिएको भएपनि ब्राह्मण समाज एकजुट भएर यो परम्पराको रक्षा गर्दै आएको सौराठसभा विकास समितिका सचिव डा शेखरचन्द्र मिश्रले बताए । दाइजो प्रथा, आधुनिकता र सरकारी उपेक्षाको कारण यो सभाको पौराणिकतामा ह्रास आउन थालेको छ । पहिले देश विदेशमा बस्ने मैथिल ब्राह्मण आफ्नो छोराछोरीको विवाहका लागि सौराठसभामा भाग लिन आउँथे । तर अब यो सभाको आवश्यकता देखिँदैन । पढे लेखेको केटा अहिले यस प्रकारको खुलासभामा लिलाम हुन डराउँछन् । अब यो मेला गरिब ब्राह्मणमा मात्र सीमित हुन पुगेको छ । मधुवनीको स्थानीय प्रतिष्ठित ब्राह्मण समाजका सदस्यहरु सौराठसभालाई नयाँ स्वरुप दिन प्रयासरत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy