Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एक कैदी पत्रकार –जसले जेलभित्र मोबाइलमा किताब लेखे

बीबीसी । अस्ट्रेलियाले प्रशान्त क्षेत्रको एउटा टापुमा वर्षौँदेखि थुनामा राखिएका एक इरानी पत्रकारले सबैभन्दा ठूलो धनराशिको साहित्यिक पुरस्कार प्राप्त गरेका छन्। शरणार्थी बन्न अस्ट्रेलिया जान खोज्दा समातिएका बेहरुज बोचानीले थुनाबाट ह्वाट्सएपमा सन्देश पठाउँदै ‘नो फ्रेन्ड बट द माउन्टेन्स: राइटिङ फ्रम मानुस प्रिजन’ लेखेका थिए। त्यो पुस्तकले एक लाख अस्ट्रेलियन डलर (नेरु ८२ लाख ६० हजार बराबर) राशिको सन् २०१९ को साहित्यतर्फको भिक्टोरियन पुरस्कार जितेको छ। बोचानी अझै पपुवा न्यू गिनीको मानुस टापुमा छन् र उनीसँग अस्ट्रेलिया छिर्ने अनुमति छैन। मानुस टापुमा भएको हिरासत सन् २०१७ मा बन्द गरिएको थियो र बोचानीसहित त्यहाँ भएका कैदीहरूलाई वैकल्पिक आवासमा सारिएको थियो। अस्ट्रेलियाले समुद्रमा डुङ्गा चढेर शरणार्थी हुन खोज्नेलाई कुनै हालतमा शरण नदिने नीति लिएको छ। समुद्रबाट ज्यानको जोखिम मोलेर आउने कार्यलाई निरुत्साहित गर्न यस्तो नीति लिइएको अस्ट्रेलियाको दाबी छ। सहित्यतर्फको पुरस्कारबाहेक बोचनीको पुस्तकले २५ हजार अस्ट्रेलियन डलर (नेरु २१ लाख बराबर) राशिको गैरआख्यानतर्फको भिक्टोरियन पुरस्कार पनि जितेको छ। अन्य पुरस्कार विजेताले मेल्बर्न सहरमा पुरस्कार थापेर रमाइलो मनाइरहेको बेला बोचानीले बीबीसीसँग कुरा गर्दै पुरस्कारले आफूलाई ‘विरोधाभाषपूर्ण अनुभूति’ दिएको बताए। “केही कुराले म धेरै खुसी छु किनभने मेरो दु:खबारे धेरैले थाहा पाए…। तर अर्कोतर्फ मलाई खुसी मनाउने अधिकार नभएको अनुभूति भयो किनभने यहाँ दु:ख पाइरहेका मेरा साथीहरू छन्। “हाम्रो लागि पहिलो कुरा स्वतन्त्रता सहित यो टापुबाट मुक्त हुनु र नयाँ जीवन आरम्भ गर्नु हो।” बोचानीले हिरासत केन्द्रमा रहँदा आफ्नो अनुवादकलाई फारसी भाषामा ह्वाट्सएपमार्फत् सन्देश पठाउँदै किताब लेखेका थिए। “ह्वाट्सएप मेरो कार्यालयजस्तो हो,” उनले भने। “मैले कागजमा लेखिनँ किनभने प्रत्येक हप्ता सुरक्षाकर्मीले हाम्रो कोठामा छापा मार्थे। मलाई आफ्नो लेखन हराउने डर थियो। त्यसलै मलाई ह्वाट्सएपमा लेख्दै पठाउँदै गर्न सजिलो थियो।” बोचानीलाई सन् २०१३ मा डुङ्गाबाट आएका कारण हिरासतमा लिइएको थियो र उनी अस्ट्रेलियाको विवादास्पद हिरासत केन्द्रभित्रको सबैभन्दा परिचित व्यक्ति बने। उनले ब्रिटेनको गार्डियन समाचारपत्रका नियमित लेख्थे र मानुस टापुको जीवनको बारेमा ट्वीट गर्थे। उनले आफ्नो फोनमात्रै प्रयोग गरेर हिरासतमा ‘चौका, प्लीज टेल अस द टाइम’ भन्ने डकुमेन्ट्री पनि बनाएका थिए। बोचानीलाई पपुवा न्यू गिनीले शरण दिए पनि उनी त्यहाँ बस्न चाहँदैनन्। आफ्नो पत्रकारिताका कारण सरकारको आँखीमा परेपछि इरानबाट भागेको बताउने बोचानीले भने,”म इरानको जेल जान नचाहेका कारण भागेँ, तर अस्ट्रेलियाले मलाई वर्षौँ जेलमा हाल्यो।” साहित्य पुरस्कारका निर्णायकहरूले उनको पुस्तक ‘साधारण विवरणभन्दा माथि उठेको कला र क्रिटिकल थिअरीको अविश्वसनीय कार्य’ भएको बताएका छन्। सो पुरस्कारका लागि अस्ट्रेलियन नागरिक वा त्यहाँको स्थायी बासिन्दा हुनुपर्ने तोकिएको भए पनि बोचानीका लागि निर्णायकहरूको अनुरोधमा अपवादको रूपमा पुरस्कार दिइएको बताइएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending