Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

प्रचण्डका तीन साहसिक निर्णय यस्ता छन्

काठमाडौं,  २०५२ सालमा सशस्त्र संघर्ष सुरु गरेयताको दुई दशक लामो राजनीतिक यात्राको दौरानमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेपाली राजनीतिमा स्थापित गरेका छन् ।\"Aarughat_Prachanda_ हरेक पटक दोबाटोमा पुगेर दिशा पक्रन नसकी अलमलिएको नेपालको राजनीतिलाई सही ट्रयाकमा हिँडाउन दहालले लिएका निर्णयले उनलाई जोखिम मोल्न सक्ने नेताको रुपमा उभ्याएका छन् । त्यसको लागि उनले आफ्नै पार्टी विभाजनदेखि पछिल्लो समयमा आफैंले नेतृत्व गरेको मोर्चाको विभाजनलाई पनि वास्ता गरेनन् । पार्टी भित्रको असन्तुष्ट पक्ष र मोर्चा भित्रका अधिकांश दलको आलोचनाको पगरी गुथेर पनि देशलाई शान्ति र संविधानको बाटोमा हिँडाउने काममा उनी लागेको देखिएको छ पछिल्लो २० वर्षको राजनीतिक जीवनमा उनले तीनवटा साहसिक निर्णय लिए, जसका कारण उनी नेपालको राजनीतिको विशिष्ट नेता देखिएका छन् पहिलो : सेना निर्माण नेपालको राजनीतिमा दहालको उदय युद्धको नेताका रुपमा भएको हो । पृथ्वीनारायण शाहपछि आफ्नै पौरखमा सैन्य शक्ति निर्माण गर्ने र त्यसका आधारमा लडाइँ लड्ने  कामको अगुवाई गर्ने एक मात्र नेपाली नेता दहाल नै हुन् । आफ्नै  पौरखमा हजारौंको संख्यामा सेना निर्माण गर्नु,समानान्तर सत्ता र अदालत चलाउनु चानचुने कुरा थिएन । यस्तो खालको सैन्य लडाइँको परिणाम दुइवटा हुन्छ ।  कि त पृथ्वी नारायण शाहको जस्तो विजय हासिल गर्छ कि त त्यो खालको युद्ध सम्झौतामा गएर बिलाएर जान्छ  । इतिहास हेर्ने हो भने त्यस्ता खालका अधिकांश युद्ध अन्तिमममा नामोनिशान नरही बिलाएर गएको पाइन्छ ।  जनसत्ता स्थापनाको लागि उनले सुरु गरेको युद्धले दहालले पृथ्वीनारायण शाहले जस्तो विजय हाशिल नगरेपनि उनले चलाखीपूर्ण तरिकाले युद्धलाई सम्झौतामा बिसाए । देस्रो: सेना समायोजन दहालले आफूलाई युद्धको मात्र होइन, यही कालखण्डमा शान्तिका नेताका रुपमा पनि स्थापित गरे । सुरुमा हतियार बिसाए,त्यसपछि संयुक्त राष्ट्रसंघको प्रमाणिकरणमा परेका १९ हजार फौजलाई शिविरमा राखे, विस्तारै राज्यलाई हतियार बुझाए र अन्तिममा फौज विघटन गराए । पार्टीभित्र एकछत्र पकड नभएको भए र दहालमा असाधारण क्षमता नभएको भए यी सबै एकल निर्णयका आधारमा सहज रुपमा गर्न सक्ने थिएनन् । यद्यपि सेना विघटन गराएकै निहुँमा पार्टीभित्र लागेको भुसको आगो बढ्दै जाँदा अन्ततः उनको पार्टीमा विभाजन पनि भयो । तर उनले पार्टीका विभाजनलाई भन्दा शान्तिको यात्रालाई प्रमुख ठाने । तेस्रो: संविधान निर्माण सोमबार प्रमुख चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिले मुलुकमा संविधान निर्माणको सुनिश्चतता प्रदान गरेको छ । संविधान निर्माणमा ८ वर्षदेखि  कस्सिएको गाँठो फुकेको छ ।  खासगरी जातिय पहिचानको आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने एमाओवादीको अडानका कारण मुलुकले ८  वर्षसम्म नयाँ संविधान पाउन सकेको थिएन । संविधान दिन नसकेर पहिलो संविधान सभा त असफल भयो नै दोस्रो संविधानसभा पनि के हुने भन्ने अन्यौल बढ्दै गएको थियो । ३० दलको मोर्चा बनाएर त्यसको नेतृत्व समेत  आफैले गरेर दहालले एकातिर जातियताको नारालाई मसिनो स्वरमा भनेपनि उचालिरहेका थिए भने  अर्कोतिर  संविधानसभाबाहिर रहेका शक्तिहरुले पनि  संविधान निर्माणको बाटोमा तगारो लगाउन, दाहाललाई अनेक तरिकाले उकासीरहेका थिए । आजको बुधबार साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending